काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक साउन २८ गतेसम्मका लागि स्थगित भएको छ।
सोमबार बालुवाटारमा बसेको सचिवालय बैठकले पार्टीको केन्द्रीय निकायहरुको एकीकरण, जिम्मेवारी निर्धारण र केन्द्रीय समिति सदस्यहरुको कार्यविभाजनका निम्ति उनीहरुको रुचिका प्राथमिकता सोध्ने निर्णय गरेको छ।
'केन्द्रीय कमिटीका सबै सदस्यहरुको कार्यविभाजनका निम्ति सबैसँग रुचिका प्राथमिकताहरु सोध्ने, सल्लाह गर्ने र व्यवस्थित र परिमार्जित प्रस्ताव ल्याउने गरी आजको बैठक स्थगित भएको छ', बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।
पार्टीको केन्द्रीय निकाय अन्तर्गत केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद्, केन्द्रीय आयोगहरु, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय विभागहरुको टुंगो लाग्न बाँकी छन्। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।