काठमाडौं– सातवटै प्रदेशका प्रमुखले आज पद तथा गोपनीयताको सपथ लिने भएका छन्।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज अपराह्न ४ बजे सपथ ग्रहणको कार्यक्रम छ।
'प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४' को दफा १५ मा प्रदेश प्रमुखले आफ्नो कार्यभार सम्हाल्नुअघि राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठको सात वटा प्रदेशका प्रमुख नियुक्त गरेको थियो। सरकारले तोकेका प्रदेश प्रमुखहरु यसप्रकार छन्ः
प्रदेश १– गोविन्द सुब्बा
प्रदेश २– रत्नेश्वरलाल कायस्थ
प्रदेश ३– अनुराधा कोइराला
प्रदेश ४– बाबुराम कुँवर
प्रदेश ५– उमाकान्त झा
प्रदेश ६– दुर्गाकेशर खनाल
प्रदेश ७– मोहनराज मल्ल
प्रदेश प्रमुखहरु नेपाल सरकारको प्रतिनिधिको रुपमा रहनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।