काठमाडौं – इंग्लिस क्लब आर्सनलका मिडफिल्डर मोहम्मद इलेनीको इजिप्टस्थित घरमा एक पुरुषको शव भेटिएको छ ।
काइरो शहरदेखि झण्डै सय किलोमिटर उत्तरमा रहेको महल्ला अल कुर्बास्थित घरमा शव भेटिएको इलेनीका पिता नासेरलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।
शव विद्युतीय सामान चोरी गर्न आएका व्यक्तिको रहेको प्रहरीको प्रारम्भिक अनुमान छ । विद्युतीय सामग्री चोरी गर्न लाग्दा करेन्ट लागेर ज्यान गएको बताइएको छ ।
इलेनीको उक्त घर केही समय अघि मात्रै च्यारिटीलाई सहयोग स्वरुप अफिस स्थापनका लागि हस्तान्तरण गरिएको थियो ।
इजिप्टबाट अफ्रिका कप अफ नेसन्स खेलेर आर्सनल अभ्यासमा फर्किएका इलेनीलाई घटनाको सम्बन्धमा जानकारी गराइएको खबरमा उल्लेख छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।