• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

अझै कमजोर छ रियल मड्रिड ?

64x64
नेपाल लाइभ सोमबार, साउन १३, २०७६  १६:१०
1140x725

काठमाडौं – स्पेनिस क्लब रियल मड्रिड गएको सिजन निकै तनावमा रह्यो । वर्षमै तीन प्रशिक्षक परिवर्तन र खराब हारको निरन्तरताले आजित बनेको मड्रिडले सबै प्रतियोगिता गुमायो । 

यसैले मड्रिडले नयाँ सिजनका लागि महत्वपूर्ण परिवर्तन गर्न खोजेको छ । तर प्रि सिजनका खेल हेर्दा पुरानो अवस्थामा राम्रो सुधार भइसकेको देखिँदैन । 

प्रि सिजनको तयारीमा बायर्न म्युनिखसँग ३-१ ले हारेको रियल मड्रिडले आर्सनलाई टाइब्रेकरमा ३-२ ले हराएको थियो । दुवै खेलमा नमिलेको तालमेल एथ्लेटिको मड्रिडविरुद्ध त ध्वस्त नै देखियो । एथ्लेटिकोले ७-३ ले हराएपछि मड्रिड व्यवस्थापनमाथि पनि प्रश्न उठेको छ । 

‘नतिजाबाट हामी खुशी छैनौँ तर टिमप्रति मेरो विश्वास छ । हामी राम्रो गर्ने छौँ । यो चिन्ता गर्नुपर्ने विषय होइन तर पनि नराम्रो हारले दुःख त लाग्छ नै’ प्रशिक्षक जिनेदिने जिदानले भनेका छन् । 

नयाँ खेलाडीहरु ल्याइएका छन् । कतिपय पुराना खेलाडी जिदानको योजनामा अटाएका छैनन् । तर जिदान भनिरहेका छन् - हामी योजनाबद्ध छौँ, आत्तिएका छैनौँ । जिदानले यसो बताइरहे पनि प्रि सिजनका खेल हेर्दा मड्रिड टिममा केही कमजोरीहरु प्रस्ट देखिएका छन् । 

उही खेलाडीको वरपर

यदि क्रिष्टियानो रोनाल्डोको ठाउँमा इडन हाजार्डलाई र केलर नाभासको ठाउँमा थियाबट कोर्टुवालाई राख्ने हो भने रियल मड्रिड टिममा बाँकी परिवर्तन देखिँदैन । 

हाजार्डबाहेक अरु नयाँ ल्याइएका खेलाडीले त सुरुवाती ११ मा खेल्न पाउने नपाउने पनि दुविधा नै देखिन्छ । यसले टिममा सकारात्मक धारणाको सञ्चार भएको देखिँदैन । 

nimb
nimb
Ncell 2
Ncell 2

मिडफिल्डमा टोनी क्रुस र लुका मोडरिका साथै डिफेन्समा ड्यानी कार्भाजल, सर्जियो रामोस, मार्सेलो या त राफेल भारान र नाचो फर्नान्डेज जिदान यिनैको वरिपरि छन् । 

नफेरिएको व्यवस्थापन

जिदानले आर्सनलविरुद्ध ४–४–२ को शैलीमा खेलाडी मिलाएर खेलाए । जसमा लुका जोभिकसँगै करिम बेन्जेमा अट्याकमा थिए । तर जिदानको पहिलो रोजाइँका खेलाडी ४–४–३ को शैलीमा नै थिए । 

नयाँ खेलाडीसँग पुरानो तालमेल मिलाउन नसक्दा मैदानमा उनको योजना प्रस्ट भइरहेको छैन । एथ्लेटिको विरुद्धको खेलमा त तालमेल अझ बिग्रिएको थियो । 

त्यसमा खेलाडीमा तीब्रताको र खेलप्रतिको एकाग्रताको अभाव देखिएको थियो । जुन गएको सिजनमा रायो भालेकानो, रियल सोसिडाड र रियल बेटिससँग हारेको भन्दा भिन्न थिएन । 

कमजोर मनोबल

मड्रिड पहिलो रोजाइँका खेलाडीहरुमा खेलमा पहिले गोल खाँदा मनोबल कमजोर हुने समस्या देखिएको छ । प्रि सिजनका खेलहरुमा पनि पहिले नै पछि परेको अवस्थामा खेलाडीहरु हच्चिएका देखिन्थे । 

जित्नैपर्छ भन्ने ध्यानको अभावले तालमेल समेत विग्रिएको थियो । प्रि सिजन तयारीको तीन खेलमा खाएको १२ गोलमध्ये ८ गोल त पहिलो हाफमा नै थियो । त्यसले उनीहरुको दोस्रो हाफसमेत राम्रो हुन सकेन । 

युवा खेलाडीलाई कम समय 

ब्राहिम डियाजको इन्जुरीपछि रियल मड्रिड टिममा युवा खेलाडीका लागि समय अझ घटेको छ । बायर्न म्युनिखविरुद्ध सबैभन्दा राम्रो देखिए पनि ताकेफुसा कुबो र रोड्रिगोले खेलमा आवश्यक समय नै पाएका छैनन् । 

गएको सिजन प्रशिक्षक सान्टियागो सोलारीले सुरुवाती ११ मा मार्कस लोरेन्टे, सर्जियो रेगुलियन, भिनिसियस जुनियर जस्ता खेलााडीलाई अवसर दिएका थिए । जिदानको वापसीपछि उनले युवा खेलाडीलाई बेञ्चमा राखेर क्रुस, मोडरिक र इस्को जस्ता सिनियर खेलाडीलाई नै विश्वास गरे । 

जिदानले गएको सिजन पुराना खेलाडीलाई नै खेलाउनुमा सिजनपछिको बिक्रीमा सहज होस् भन्ने धारणा रहेको धेरैले बताएका थिए । तर नयाँ सिजनमा जिदानको योजना त्यही वरपर देखिएपछि उनको विश्वास पुराना खेलाडीप्रति नै बढी रहेको देखिन्छ । 

गोल पोस्टमा उस्तै तनाव

थियाबट कोर्टुवा जिदानको योजनामा पहिलो रोजाइँका गोलकिपरका रुपमा देखिएका छन् । तर गएको सिजनमा जस्तै कमजोर स्थितिमा कोर्टुवा देखिएका छन् । 

गएको सिजन बार्सिलोनासँग पाँच गोल, सेभियासँग तीन गोल र आयाक्ससँग ४ गोल खाएका कोर्टुवा आफ्नो खेललयमा आउन सकेका छैनन् । 

च्याम्पियन्स लिगमा लगातार उत्कृष्ट देखिएका गोलकिपर केलर नाभास र कोर्टुवाबीच कसले बढी खेल समय पाउने भन्नेमा पनि दुविधा नै देखिन्छ । नाभासलाई नयाँ क्लबमा पठाउने तयारी भइरहे पनि भनेअनुसार मिलेको देखिँदैन । 

घाइते खेलाडीको समस्या

रियल मड्रिड गएको सिजन विभिन्न ४३ इन्जुरीले समस्यामा परेको थियो । यसरी हेर्दा एक हप्तामा एक खेलाडी घाइते रहने देखिन्छ । अहिले प्रि सिजनमा पनि मड्रिड टिममा उही अवस्था दोहोरिरहेको छ । 

मड्रिड टिममा अहिले फिटनेस प्रशिक्षक र फिजियो परिवर्तन गरिए पनि खेलाडी घाइते हुने समस्यामा सुधार भएको छैन । प्रि सिजनमा नै डियाज, फर्लान्ड मेन्डी, मार्को एसेन्सियो र लुका जोभिक घाइते रहेका छन् । 

यी सँगै नयाँ सिजनमा मड्रिड टिमले विश्वस्तरीय नयाँ खेलाडीलाई ल्याउने समर्थकको आशा पनि पूरा भएको छैन । त्यसमा हाजार्ड मात्रै एक्ला देखिन्छन् । २००९ मा फ्लोरेन्टिनो पेरेजले जसरी क्रिष्टियानो रोनाल्डो, जाभी एलन्सो, काका र करिम बेन्जेमालाई ल्याएका थिए त्यही शैलीमा मड्रिड अगाडि बढ्ने आश पूरा नहुने देखिएको छ । 

सञ्चार माध्यमसँगको कुराकानी र पत्रकार सम्मेलनमा नै पनि जिदान प्रस्ट देखिँदैनन् । अवस्था जस्तो आए पनि उनी टिमप्रति विश्वस्त छन् । यतिसम्म कि एथ्लेटिको मड्रिडसँग ७ गोल खाँदा पनि उनले टिमको कमजोरीप्रति केही औँल्याएनन् । यही विश्वस्तता सिजन सुरु भएपछि कायम रहला या केही परिवर्तनको बाटोमा लाग्लान् ?

 

प्रकाशित मिति: सोमबार, साउन १३, २०७६  १६:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एनसेलका ग्राहकलाई नेपाल मेडिसिटीमा निःशुल्क चिकित्सक परामर्श
लुम्बिनी सरकारको पक्षमा मतदान गरेका जसपाका तीन सांसदलाई २४ घण्टे स्पष्टीकरण
लुम्बिनी सरकारको पक्षमा मतदान गरेका जसपाका तीन सांसदलाई २४ घण्टे स्पष्टीकरण
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एनसेलका ग्राहकलाई नेपाल मेडिसिटीमा निःशुल्क चिकित्सक परामर्श मंगलबार, भदौ ९, २०८३
लुम्बिनी सरकारको पक्षमा मतदान गरेका जसपाका तीन सांसदलाई २४ घण्टे स्पष्टीकरण मंगलबार, भदौ ९, २०८३
लुम्बिनी सरकारको पक्षमा मतदान गरेका जसपाका तीन सांसदलाई २४ घण्टे स्पष्टीकरण मंगलबार, भदौ ९, २०८३
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, भदौ ९, २०८३
लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्