• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, चैत २१, २०८२ Sat, Apr 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

कथा : लिच्चीको बोट

64x64
नेपाल लाइभ शुक्रबार, माघ ५, २०७४  ०७:२९
1140x725

रश्मीलाई लिच्ची खुब मीठो लाग्थ्यो। आफ्नो बारीको मात्र खाएर नपुगेर छिमेकीको बारीको समेत लिच्ची चोरेर खान्थी। लिच्ची चोरेकै निहुँमा सानोमा उसले गाली र कहिलेकाहीँ पिटाइ समेत खाएकी थिई।

'अबदेखि चोर्दिनँ', कान समातेर आज चोर्दिनँ भन्यो, भोलि फेरि जिब्रोले उक्साएर चोरुँ-चोरुँ लागिहाल्ने! कहिलेकाहीँ लिच्ची चोरेको कसैले देखेन भने दिनभरि उसको मन चंगा जस्तै उडिरहन्थ्यो।

लिच्चीको स्वादमा रम्ने ऊसँगै उसका उमेरका अरु भुरा साथीहरु पनि थिए। धेरै पल्ट पिटाइ र गाली खाएपछि उनीहरुले 'टिमवर्क' गर्ने निर्णय गरे। एक जनाले छिमेकी काका-काकी कता छन् भनेर चियो गर्ने, अर्कोले छिमेकीको घर र आँगनको बीचमा उभिएर संकेत गर्ने र अरु दुई जनाले चाहिँ लिच्ची चोर्ने। 

पहिले-पहिले उनीहरु लिच्ची टिप्दै हाफपेन्टको गोजीमा हाल्थे। निकै मिहिनेत गरेर टिपेको लिच्ची चार-पाँच वटा मुखमा हाल्नेबित्तिकै सकिइहाल्थ्यो। अनुभवले उनीहरुलाई एउटा कपडाको झोला बोक्ने ज्ञान दियो। खतरा मोलेरै उनीहरु झोलाभरि लिच्ची टिप्थे र लिच्चीको स्वादमा मस्त रहन्थे।

बुवा-मम्मीले रश्मीलाई धेरै पल्ट अर्काको बारीको लिच्ची चोरेर खानु हुँदैन भने। रश्मीलाई लाग्थ्यो– द्वापर युगमा भगवान् कृष्णले त दही र नौनी चोरेर खान्थे भने हामी त मान्छे हौं, चोरेर खान किन नहुने?

बाल्यकालको यही मीठो स्मृतिले रश्मीलाई घर किन्नेबितिकै एउटा लिच्चीको बोट रोपिहाल्ने रहर पलायो। उसले आफ्नो पूर्वप्रेमी तथा वर्तमान पति विवेकलाई घरको सेटलमेन्ट हुनुभन्दा एक हप्ता अगाडी भनी, 'एउटा लिच्चीको बोट ब्याकयार्डमा रोपिहालौं है। असाध्यै मीठो हुन्छ।'

'मीठो त हुन्छ, तर लिच्चीको बोटले सबै ब्याकयार्ड छोपिदिन्छ। अनि तरकारी र फूलहरु लगाउने ठाउँ नै हुँदैन। फेरि लिच्चीको पात सोहोर्दा-सोहोर्दा हैरान भइन्छ', विवेकले आफ्नो नाम जस्तै विवेक देखायो।

'लिच्ची खाईखाई हुर्किएँ म', रश्मीले भनी, 'हाम्रो बारीमा अहिले पनि लिच्चीको निकै ठूलो बोट छ। खूब फल्छ। त्यतिले नपुगेर छिमेकी काका-काकीको बारीको लिच्ची पनि चोरेर खान्थेँ। अहिले पनि मलाई देख्दा लिच्ची चोर आई भनेर जिस्काइसिन्छ। आफ्नो घर किनेपछि लिच्ची रोप्छु भन्ने कत्रो रहर छ, मिलाएर रोपौं न!'

nimb
nimb
Ncell 2
Ncell 2

'मलाई तिम्रो इच्छा विपरीत जान मन छैन', विवेकले भन्यो, 'तर सिड्नीको माटोमा सिट्रसहरु सजिलै फले पनि लिच्ची सप्रिँदैन भन्ने सुनेको हो। मेरो व्यस्तता त तिमीले देखेकै छौ, तिमी स्याहार गर्न सक्छौ भने रोपौं न त।'

रश्मी र विवेक बडो खुसीका साथ नयाँ घरमा सरे। उनीहरुले फुलटाइम गरेर कमाएको पैसाले बैंकले जम्मा ६ लाख ऋण दिने प्रिअप्रुभल दिएको थियो। त्यति पैसाले सिड्नीमा टाउन हाउस मात्र आयो। पैसा डिपोजिट गरेको बल्ल दुई वर्षपछि घर बनिसक्न आँटेको थियो। घर बन्न थालेपछि उनीहरु निकै पल्ट हेर्न गए। 

२२० वर्गमिटरमा बनेको दुईतले घर बन्न सुरु हुनेबित्तिकै सकिने जस्तै थियो। तलपट्टि लाउन्ज रुम, किचेन, ग्यारेज, बाथरुम, लन्ड्री अनि किचेनबाट निस्किने सानो ब्याकयार्ड। माथि स-साना चार वटा कोठा थिए। मास्टर बेडरुम नाम मात्रको थियो, एउटा क्विन साइजको बेड राखेपछि एट्याच भएको क्लोजेट खोल्न मात्र मिल्थ्यो। त्यही पनि एट्याच बाथरुम थियो, डिजाइनरको खुबीलाई प्रशंसा गर्नैपर्थ्यो। त्यति सानो ठाउँमा कमोड, सावर र भ्यानिटी सबै अटाएको थियो।

नयाँ घरका केही विशेषता थिए:

- यो उनीहरुको आफ्नो घर थियो। पन्ध्र सय डलर लिएर सिड्नीमा पाइला टेकेका उनीहरुले आफ्नो पौरखले आर्जन गरी कमाएको पैसाले आफ्नो नाममा दर्ज गरेको पहिलो प्रोपर्टी थियो।

- यो नयाँ थियो। नयाँ जे पनि राम्रो हुन्छ। नयाँ घरको रङको सुगन्ध आउँछ। घर मगमगाएको थियो।

- यो घरमा उनीहरुले चाहे जस्तै गर्न सक्थे। किल्ला ठोक्न सक्थे। डिसवासर राख्न सक्थे। भित्ता आफूलाई मन परेको रङले रंग्याउन सक्थे। कसैको अनुमतिबिना लिच्चीको बोट रोप्न सक्थे।

यी विशेषताहरुका अगाडि गरिएका अन्य सम्झौता गौण भए। 

अत: ब्याकयार्डको बीचमा इँटाले गोलाकार बनाएर घेरा लगाएर रश्मीले लिच्चीको बोट रोपी।

नयाँ घरले उनीहरुको भाग्योदय लिएर आयो। विवेकले आफ्नै एजुकेसन कन्सल्टेन्सी खोल्यो। माइग्रेसन एजेन्ट रजिस्टर्ड हुन कठिन थियो, तर उसले रजिस्ट्रेसन लियो। उसले रजिस्ट्रेसन लिएकै दिन रश्मी प्रेगनेन्ट भएको थाहा भयो।

'यो बच्चा हाम्रो भाग्य हो। छोरा भए पनि छोरी भए पनि यसको नाम लक्की राख्नुपर्छ बुझ्यौ?' विवेकले रश्मीलाई फिल्मी अन्दाजमा बोक्दै भन्यो। रश्मी पनि आमा बन्ने उमंगले निकै आनन्दित थिई। विवेकको खुसीले उसको आनन्द लाखौं गुणाले मल्टिप्लिकेसन भयो।

केही सातापछि रश्मीको शरीरमा समस्याहरु देखिन थाले। खुट्टा अस्वाभविक तरिकाले सुन्निन थाल्यो। खान पूरै अरुचि भयो। काममा जान नसक्ने भई। डाक्टरले 'बेडरेस्ट' लेखिदियो। 

उता विवेक भने नयाँ-नयाँ बिजनेस भएकाले व्यस्त हुन थाल्यो। बिहान ७ बजे घरबाट निस्किने, बेलुका ९ बजेतिर मात्र फर्किने। घर आउँदा उसकी रश्मी पहिले जस्तै उज्याली र हँसिली नहुन थाली। रश्मीमा आएको शारीरिक र मानसिक परिवर्तनले विवेक पनि तनावग्रस्त रहन थाल्यो।

विवेकले रश्मीलाई सम्झाउन धेरै प्रयत्न गर्‍यो। दिउँसो-दिउँसो ऊ अफिसबाट फोन गर्थ्यो। बिहान घरबाट निस्किनुअघि ऊ रश्मीलाई मन पर्ने परिकारहरु पकाउँथ्यो। राति आएर रश्मीलाई खुवाउन प्रयन्त गर्थ्यो। तर, रश्मी भने जे खायो, त्यही बान्ता गर्थी। 

एक साँझ विवेक अफिसबाट घर फर्कँदा रश्मी लिच्चीको बोटनेर बसेर रुँदै गरेको देख्यो। लिच्चीको बोट सुकेछ। मरेको हो कि होइन यकिन गर्न सकिएन। लिच्चीको बोट मर्‍यो भनेर रश्मी शोक मनाउँदै रहिछ। विवेकलाई देख्नेबित्तिकै ऊ झन् बेस्सरी रुँदै भन्न थाली, 'तिमीले नरोपौं भनेको भन्यै गर्‍यौ। तिम्रो भाइब्रेसनले होला, हेर लिच्ची मर्‍यो! दुई जनाकै माया पाएको भए पो जाग्थ्यो, एक जनाको मायाले पुगेन।'

विवेकले लिच्ची नरोपौं भनेकै थिएन, सिड्नीको माटोमा नसप्रिन सक्छ मात्र भनेको थियो। रश्मीको रोदनको अगाडि विवेकले उत्तर भेटेन। उसले पानी ल्याएर लिच्चीको फेदमा हालिदियो र भन्यो, 'सुकेको जस्तो देखिएको मात्र हो। दिनदिनै पानी हाल्यो भने फेरि मुना पलाउँछ।'

त्यसपछि रश्मीलाई अँगालो हालेर घरभित्र लग्दै भन्यो, 'तिम्रो आँसुले लिच्चीलाई सिँञ्चित गर्‍यौ भने नुन परेर मर्न सक्छ। सधैं बिहान नबिराई पानी हाल्ने गर, फेरी पलाउँछ।'

रश्मी कन्भिन्स नभए पनि एकछिन सुकसुकाएर चुप लागी।

नयाँ बिजनेसको तनाव र रश्मीको प्रेग्नेन्सी कम्प्लिकेसनले विवेकलाई गाह्रो पर्‍यो। उसले नेपालतिर गुहार्ने विचार गर्‍यो। रश्मीको बुवा बिरामी भएकाले आमा-बुवा आउन नसक्ने भएपछि उसले आफ्नै बुवा-आमालाई बोलायो।

केही दिन घर फेरि रमाइलो भयो। विवेकका बुवा-आमाले रश्मीको ख्याल गर्न थाले। घर स्याहार्न थाले। तर, केही हप्तापछि नै रश्मी र उनीहरुबीच निकै भनाभन पर्न थाल्यो। भनाभनका विषयवस्तुहरु झिनामसिना हुन्थे। लगातार यस्तो हुन थालेपछि विवेक झन् चिन्तित भयो। आफैं रश्मीलाई लिएर डाक्टरकोमा गयो। डाक्टरले रश्मीलाई डिप्रेसन भएको भन्यो।

सिड्नीमा डिप्रेसनको सिकार भएर केही साथीहरु मरेको उसले आफ्नै आँखाले देखेको थियो। उसको एउटा साथी झुन्डिएर मरेको थियो भने अर्को साथीको भाइले ट्रेनको पटरीमा हाम फालेको थियो। सिड्नीको नेपाली समुदायमा मानसिक स्वास्थ्यका थुप्रै समस्या बाहिर आउन थालेका थिए। यस्तै घटना सोच्दै त्यो रात विवेक निकै छटपटायो। 

त्यो रात पहिलो पल्ट रश्मी विवेकभन्दा अगाडि नै निदाई। रश्मी रातमा निकै बर्बराउन थालेकी रहिछ। घरिघरि चिच्याउँदी रहिछ। निद्रामा ऊ झस्किरहँदी रहिछ। ५ वर्षसम्म प्रेम गरेर निकै बाधा-विरोधको सामना गरेपछि श्रीमतीको रुपमा भित्र्याउन पाएको आफ्नी जीवनसंगिनीको अनुहार उसले बेडसाइड टेबलमा राखेको टेबल ल्याम्पको मधुरो उज्यालोमा हेर्‍यो। चन्द्रमा जस्तै धपक्क बल्ने रश्मीको अनुहार मधुरो हुँदै गए जस्तो लाग्यो। सफा स्वस्थ अनुहारको छालामा चाया पर्न थालेको रहेछ। कालो र बाक्लो मिलेको आँखीभौं जथाभावी रौं पलाएर आकारविहीन देखिन थालेछ। खुट्टाका पैताला, औंला र पिडौंलाहरु अस्वाभाविक रुपमा सुन्निएका रहेछन्। 

आज पो उसले महसुस गर्‍यो– रश्मीलाई उसले ध्यान दिएर नहेरेको धेरै भएछ। कुन दिनदेखि उसको अनुहारमा चाया पर्‍यो होला? कुन दिनदेखि उसको खुट्टा त्यसरी सुन्नियो होला? 
अति मायाले उसले रश्मीको टाउको उठाएर आफ्नो काखमा राख्न खोज्यो। 

रश्मी अत्तालिँदै कराउन थाली,  'छाडिदे छाडिदे, मलाई जान दे!' रश्मीलाई त्यही बेला ऐठन भएको रहेछ।

त्यसपछि विवेकले काम अलिक कम गरेर रश्मीलाई समय दिन थाल्यो। बुवा-आमालाई डिप्रेसनको बारेमा सम्झायो-बुझायो। तर, औपचारिक शिक्षा हासिल नगरेकी पुरातन सोचकी आमाले भनिन्, 'पागल्नी भैछे यो। एक-दुई पल्ट झापड हानिस् भने ठीक ठाउँमा आउँछे। केको डिप्रेसन-सिप्रेसन!'

आमाले यसो भनेपछि विवेकको मन निकै कुँढियो। आमा-बुवालाई नेपाल फिर्ता पठाइदियो। धेरै सोचेपछि उसले रश्मीसँग निकै मिल्ने र ५ वर्षसम्म एउटै रुम सेयर गरेर बसेकी सृष्टिसँग सहयोग माग्यो। सृष्टि आएर रश्मीसँग केही महिना सँगै बस्ने भई। सृष्टि काम गर्थी, तर रश्मीको लागि सृष्टि र विवेकले आलोपालो गरी समय निकाल्न थाले। 

बिस्तारै लिच्चीको बोटबाट सुकेका पातहरु झरे र नयाँ पालुवा पलाउन थाले। यता रश्मी पनि ठीक हुन थाली। पहिलेभन्दा निकै उज्याली देखिन थाली। रश्मी र सृष्टी साँझमा सधैं पार्कमा घुम्न जान थाले। सृष्टिले स्वस्थकर खानेकुरा बनाएर रश्मीलाई खुवाउन थाली। 

विवेकको विकेन्डमा अफ हुन्थ्यो। सृष्टिले विकडेजमा अफ लिन थाली। रश्मी मानसिक रुपले बिस्तारै ठीक हुन थाली। मन ठीक हुन थालेपछि शरीर पनि ठीक हुन थाल्यो।

२०१७ को डिसेम्बर महिनाको तेस्रो हप्ता रश्मीले वेस्टमिड हस्पिटलमा 'लक्की' लाई जन्म दिई। रश्मीकी आमा पनि सिड्नी आइपुगिन्। घर फर्किएपछि उनीहरुले धुमधामले खुसी मनाए।

गर्मीको मौसम, ब्याकयार्डमा बसेर साँझको शीतल हावामा रश्मी त्यसै रमाइरहेकी थिई। त्यही बेला सिड्नीमै सञ्चालित नेपाली रेडियोबाट उसले समाचार सुनी– 'यही साता सिड्नीमा बसोबास गर्ने ३४ वर्षीया राजेश्वरी शर्मा र २३ वर्षीया सुस्मिता श्रेष्ठको मृत शरीर उनीहरुको आफ्नै घरमा फेला परेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार दुवै जनाले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ।'

रश्मीको शरीर थरथर काम्यो। आमा पनि आत्तिइन्- 'होइन! के भन्छ यस्तो समाचार?'

लक्कीलाई बोकेर विवेक बाहिर निस्कियो। डिप्रेसनबाट निस्किन विवेकले गरेको प्रयत्न सम्झेर रश्मीको आँखा रसायो। उसले अँगालो मार्दै विवेकलाई थ्याङ्क यू भनी।

ब्याकयार्डको लिच्चीको बोट हरियो भएर सप्रिएर आएछ। विवेकले मनमनै भन्यो, 'सिड्नीको माटोमा लिच्ची सप्रिन गाह्रो छ। तर असम्भव छैन, धेरै स्याहार र माया चाहिन्छ।'

- सिड्नी, अस्ट्रेलिया 

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०७४  ०७:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमालेले सच्यायो बादलको विवादास्पद अभिव्यक्ति
इरानको ७० प्रतिशत स्टिल उत्पादन क्षमता नष्ट भएको इजरायली प्रधानमन्त्रीको दाबी
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एमालेले सच्यायो बादलको विवादास्पद अभिव्यक्ति शुक्रबार, चैत २०, २०८२
इरानको ७० प्रतिशत स्टिल उत्पादन क्षमता नष्ट भएको इजरायली प्रधानमन्त्रीको दाबी शुक्रबार, चैत २०, २०८२
प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त शुक्रबार, चैत २०, २०८२
काँग्रेस संसदीय दलको नेता चयनका लागि चैत २४ गते निर्वाचन गर्ने निर्णय शुक्रबार, चैत २०, २०८२
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
संसदीय दल नेता चयन गर्न कांग्रेस सभापति थापाले बनाए निर्वाचन समिति शुक्रबार, चैत २०, २०८२
ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण बिहीबार, चैत १९, २०८२
व्यवसायी दीपक भट्ट पक्राउ बिहीबार, चैत १९, २०८२
बादल लक्षित सुरेन्द्र पाण्डेको टिप्पणी- ‘षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं’ शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्