काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याललाई साँखुमा विगठित नेपाल विद्यार्थी संघका कार्यकर्ताले कालो झन्डा देखाएका छन्।
सोमबार दिउँसो साँखुको सुविधायुक्त मालपोत कार्यालय घोषणा कार्यक्रममा सहभागी हुन आएकी मन्त्री अर्याललाई कालो झन्डा देखाइएको हो।
उनीहरुले बैंक अफ काठमाडौंको कार्यालय नजिकै कालो झन्डा देखाएको स्थानीय मिलन खड्काले बताएका छन्।
कालो झन्डा देखाउने संकेत पाउनासाथ प्रशासनले कडाइ गरेका कारण मालपोत कार्यालयमा भएको कार्यक्रममा पुग्ने सर्वसाधारणलाई सुरक्षाकर्मीले खानतलासीपछि मात्रै प्रवेश गर्न दिइएको थियो।
कालो झन्डा देखाउने क्रममा सुरक्षाकर्मीले प्रदर्शनकारीलाई लखेटेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।