काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपाले प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गर्दै नाराबाजी गरिरहेका छन्।
विपक्षी दलले सर्लाहीमा 'इन्काउन्टर'मा हत्या गरिएका नेत्रविक्रम चन्द विप्लव समूहका नेता कुमार पौडेलको हत्या घटनालाई लिएर संसद अवरोध गरेका हुन्। प्रतिपक्षीले ‘कब्जामा लिएर’ प्रहरीले उनको हत्या गरेको भन्दै संसदीय छानबिन समितिको माग गर्दै आएका छन्।
संसदीय सर्वोच्चता कायम गर, मानव अधिकारको रक्षा गर भन्दै उनीहरुले नाराबाजी गरेका हुन्। सभामुख कृष्णबहादुर महराले भने संसदीय सर्वोच्चता कायम हुन संसद चल्नुपर्ने तर्क गर्दै बस्न आग्रह गरिरहेका छन्।
संसदीय समिति बनाउन सत्तापक्ष तयार नभएकाले संसद अवरुद्ध गरिएको कांग्रेस सांसद डिला संग्रौलाले जानकारी गराइन्।
यसअघि पनि सोही मागलाई लिएर विपक्षी दलले संसद् अवरुद्ध गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।