• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कोमाबाट होस खुलेकी बाग्लुङकी हिरा ५ महिनादेखि कुवेतमै अलपत्र

64x64
नेपाल लाइभ आइतबार, साउन १२, २०७६  २०:५०
1140x725

काठमाडौं- वर्षहरू जति थपिन्थे, अभावहरू उति नै थपिँदै जान्थे, अभावले खुसी लुट्दै जान्थ्यो। सानैमा बा–आमा गुमाएकी हिरा दमाईको बालापन गरिबीमै जेलियो। 

उमेरले दुई दशक काटिसकेको थियो। 

बाग्लुङ ढोरपाटन नगरपालिका–१ मा उनको छाक टार्नै मुस्किल पर्ने अवस्था थियो। हिराले सामान्य लेखपढ समेत गर्न पनि जानेकी थिइनन्।

बाध्य भएर उनले वैदेशिक रोजगारको बाटो रोज्न पुगिन्। घरेलु कामदारका रुपमा पहिलो पटक साउदी पुगिन् हिरा।

पहिलो पटक पनि कुवेत जाने भनेर घरबाट हिडेकी उनी साउदी पुगेपछि घरमा खबर गरेकी थिइन्।

‘दिदी कुवेत भनेर नै जानु भएको थियो। तर, साउदी पुगेपछि खबर गर्नुभएको थियो,’  हिराका भदा भाइ मिथुन नेपालीले सुनाए। 

मिथुन हिराका जेठा दाजुका छोरा हुन्। 

पाँच वर्षअघि साउदीमा घरेलु कामदारका रुपमा पुगेकी हिरा शारीरिक शोषणमा परेसँगै उनी त्यहाँबाट केही समयमै फर्किएकी थिइन्। साउदीबाट फर्किएपछि हिरा फेरि कुवेत गइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

यो करिब ३ वर्ष अघिको कुरा हो। कम्पनीको कामका लागि भनेर कुवेत पुगेकी हिरा फस्न पुगिन्। उनी घरको काममा परिन्।

‘घरको काम छ, काम सुरक्षित पनि छैन, घर मालिकको हेपाइ र शारीरिक यातना समेत सहनुपर्छ,’ कुवेतबाट हिराले फोनमा गरेको कुरा मिथुनले सुनाए। 

घरेलु काममा दैनिक दुर्व्यवहार सहनुपर्ने अवस्था आएपछि एक दिन हिरा त्यस घरबाट भाग्ने योजना बुन्छिन्। एकदिन हिरा घरबाट भागिन्। 

तर उनको राहदानी घर मालिकसँग थियो। उनीसँग आफ्नो परिचय पत्रसमेत थिएन। भागेर अन्यत्र कामको खोजीमा निस्किएकी हिरा कुवेतमा अवैधानिक बनिन्। 

त्यसै अवस्थामा हिरालाई कुवेतको स्थानीय प्रहरीले पक्राउ गर्‍यो। प्रहरीले पक्राउ गरेसँगै जेल पुगेकी हिरा जेलमै अचेत भएर ढल्छिन्। उनले होस गुमाउँछिन्। हातगोडा नचल्ने हुन्छ।

बेहोस् भएपछि जेलबाटै उनलाई उपचारका लागि कुवेत स्थित एक अस्पताल पुर्‍याइन्छ। ४ महिनासम्म हिराको होस खुल्दैन।

४ महिनापछि (२०७५ चैत )  हिराको होस खुल्छ। मिथुनले त्यसबेला हिरासँग सम्पर्क गर्छन्। तर, फोनमा बोल्न सक्ने अवस्थामा थिइनन् हिरा।  ‘हिरा थोरै बोल्न सक्ने र मान्छे चिन्न सक्ने हुनुभएको छ,’ दूतावासका एक श्रम सहचारीले जवाफमा भन्छन्। 

हिरा बोल्न सक्ने खबर पाएपछि परिवारमा खुसी छाउँछ। ‘अब फूपू दिदी बोल्नसक्ने हुनुभयो, उहाँको होस् खुल्यो, घर पनि चाँडै आउनु हुन्छ होला भनेर हामी निकै खुसी भएका थियौँ,’ मिथुनले भने। 

मिथुनले कुवेतस्थित नेपाली दूतावासमा लगातार सम्पर्क गरिरहे। छिट्टै घर फर्कने विश्वास पनि थियो उनमा। एक महिनापछि मिथुनले फेरि दूतावासमा फोन सम्पर्क गरे।

‘हिरा ह्विलचियरमा हिड्न सक्ने हुनुभएको छ, उहाँलाई हामीले ह्विलचियरको व्यवस्था गरेका छौं। अस्पतालबाट डिस्चार्ज गर्न आबश्यक रकम बुझाउनु पर्ने हुन्छ, लगभग दुई लाख लाग्छ। त्यो रकम त्यताबाट पठाउनु भयो भने हिरालाई हामीले यताबाट नेपाल पठाउन सक्छौं,’ एक श्रम सहचारीले फोनमा मिथुनलाई सुनाए। 

‘कामको खोजीमा ऋण लिएर परदेशीएकी दिदी। घरको अवस्था बिहान एकछाक खायो, बेलुका के खाने भन्ने चिन्ता छ। हामीले दुई लाख कसरी पठाउने?’ मिथुन गुनासो पोख्छन्। 

आफ्नी फुपूदिदीलाई दूतावासले विमानस्थलसम्म ल्याइदिए बाग्लुङ नै लगेर स्याहार गर्ने उनको चाहना छ। 

त्रिभुवन विमानस्थलसम्म हिरालाई ल्याइदिन मिथुनले दूतावासमा अपिल गरेका थिए। दूतावासले यसबारे थप बुझेर खबर गर्ने जनाएको थियो।

‘खबर गर्छौं भनेको दूतावासले अहिलेसम्म खबर पनि गरेको छैन, दिदीलाई नेपाल झिकाउन पैसा छैन्, कहाँ कसरी सहयोगको अपिल गर्ने भन्ने थाहा पनि छैन,ण्’ मिथुन अतालिँदै भन्छन्। 

कोमामा अचेत अबस्थामा रहेकी हिरा सामान्य बोलचाल गर्न सक्ने र ह्विलचियरको सहारामा हिड्न सक्ने भएको ५  महिना बितिसक्दा समेत हिरालाई नेपाल ल्याउने पहल गरिएको छैन। 

हिरा अवैैधानिक अवस्थामा रहेका कारण उनलाई नेपाल ल्याउन केही थप कुटनीतिक पहल गर्नुपर्ने र रकम जुटाउनुपर्ने दूतावासले बताउँदै आएको छ।

आफूहरूसँग दैनिक छाक टार्न समेत समस्या रहेकाले हिरालाई नेपाल ल्याउनका लागि लाग्ने खर्च जुटाउन नसकिने परिवारको गुनासो छ। 

के भन्छ वैदेशिक रोजगार बोर्ड? 
हिरा र हिरा जस्ता थुप्रै नेपाली कामदार विदेशस्थित कोमामा उपचाररत छन्। वैदेशिक रोजगार बोर्डका अनुसार हाल विभिन्न मुलुकका अस्पतालका कोमामा २८ जना नेपाली कामदार छन्। 

गत वैशाखमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको अध्क्षतामा बसेको वैदेशिक रोजगार बोर्डको बैठकले विदेशका कोमामा रहेका नेपाली कामदारहरुलाई स्वदेश फर्काउने निर्णय गरेको छ। 

तर त्यो निर्णय कहिले कार्यान्वयनमा ल्याइने भन्ने टुंगो लाग्न सकेको छैन। वैदेशिक रोजगार कल्याणकारी कोष र राज्यका तर्फबाट विदेशका विभिन्न अस्पतालका कोमामा रहेका कामदारहरूको उपचारका लागि आर्थिक सहायता भएको पाइँदैन। 

कम्पनीमा कार्यरत अवस्थामा दुर्घटनामा परी कोमामा पुगेका कामदारहरूको उपचार खर्च त रोजगारदाता कम्पनीले बेहोर्दै आएको छ। 

बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले करार अवधिभित्रै दुर्घटनामा परी अंगभंग भएका कामदारहरुलाई अस्पतालको प्रेस्क्रिप्सनमा उल्लेखित अंगभंगको प्रकृति हेरी आर्थिक सहायता उपलब्ध गराउने बताए। 

तर, करार अवधि नाघेका वा अवैधानिक रुपमा रही अंगभंग भएका कामदारका हकमा भने बोर्डले आर्थिक सहायता उपलब्ध गराउँदैन। 

‘यस्ता कामदारको हकमा राज्यले पनि आफ्नो दायित्व निर्वाह गर्नुपर्ने हुन्छ, हाल वैदेशिक रोजगारीका क्रममा कोमामा रहेका कामदारहरु कसरी नेपाल फर्काउने भन्ने सम्बन्धमा बोर्ड र श्रम लगायत मातहतका मन्त्रालयबीच छलफल भइरहेको छ,’ सुवेदीले भने। 

हिरालाई छिट्टै नेपाल पठाउँछौंः दूतावास 
कुवेतस्थित नेपाली दूतावाससँग नेपाल लाइभले सम्पर्क गरी जानकारी लिँदा दूतावासका तृतीय सचिव मनोज सिंहले हिरा पूरै सञ्चो भइनसकेको भए पनि ह्विलचियरमा हिँड्न सक्ने भएको बताए। 

‘हिराको उपचार खर्च हामीले अस्पतालसँग सबै कुरा गरेर कुवेतस्थित विभिन्न निकायसँग कुटनीतिक पहल गरेर मिनाहा गर्न लगाएका छौं,’ त्रितीय सचिव सिंहले भने। उनका अनुसार हिरालाई कुवेतबाट एक्लै नेपाल फर्काउन समस्या छ। 

‘पूरै ह्विलचियरमा हिँडाउनु पर्छ। त्यसैले हामीले एक्लै पठाउन सकिरहेका छैनौं। हिराको चिनजानकै मान्छेसँग नेपाल पठाउने प्रयास गरेका छौँ,’ सिंह भन्छन्। 

हिरालाई नेपाल ल्याउन दुई लाख लाग्ने दूतावासले नभनेको सिंहले स्पष्ट पारे। ‘हामीले २ लाख लाग्छ भनेको होइन तर हिरालाई उपचार गर्दा लागेको मेडिकल चार्ज मिनाहा भए पनि उसको ट्राभल चार्ज चाहिँ लाग्छ,’ उनले भने।

हिरालाई नेपाल पठाउने सबै प्रक्रिया पूरा भएको दूतावासले जानकारी दिएको छ। दूतावासका अनुसार त्यहाँको स्थानीय प्रहरीले पक्राउ गरेको केही समयपछि बेहोस भएर ढलेपछि हिरालाई प्रहरीले नै अस्पताल पुर्‍याएको थियो। 

अस्पताल पुर्‍याएपछि दूतावासमा प्रहरीले खबर गरेको थियो। दूतावासका अनुसार हाल हिरा घरफिर्ती केन्द्रमा छिन्। 

प्रकाशित मिति: आइतबार, साउन १२, २०७६  २०:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने मंगलबार, असोज ६, २०८३
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्