काठमाडौं– राष्ट्रपति कार्यालयले सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुको सपथ ग्रहणको तयारी सुरु गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले प्रदेश प्रमुखमा नियुक्त भएका व्यक्तिहरुको विवरण अध्ययन गर्ने काम भइरहेको बताए। ‘अब चाँडै सपथ ग्रहणको समय टुंगो लाग्नेछ,' उनले भने।
सरकारले लामो समयको रस्साकस्सीपछि बुधबार ७ वटै प्रदेशका प्रमुख नियुक्त गरेको थियो। प्रदेश १ मा गोविन्द सुब्बा, प्रदेश २ मा रत्नेश्वर कायस्थ, प्रदेश ३ मा अनुराधा कोइराला, प्रदेश ४ मा बाबुराम कुँवर, प्रदेश ५ मा उमाकान्त झा, प्रदेश ६ मा दुर्गाकेशर खनाल र प्रदेश ७ मा मोहनराज मल्ल तोकिएका छन्।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार भोलि बेलुकासम्म प्रदेश प्रमुखको सपथ गराउने तयारी छ।
संविधान अनुसार प्रदेश प्रमुखले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुन बमोजिम राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।