काठमाडौँ- उत्तर अफ्रिकी देश मोरोक्कोका राजाले सत्ताआरोहणको २०औं वर्षगाँठ मनाउने तयारी गरेका छन्।
मंगलबार राजा मोहमद छैटौंले सत्ता आरोहणको २०औं वर्षगाँठ मनाउन लागेका हुन्।
३५ वर्षीय मोहमद आफ्ना बुवा हसन दोस्रोको निधन भएपछि सन् १९९९ मा सत्तारोहण गरेका थिए।
उनको शासनलाई उक्त क्षेत्रमा जारी अशान्तिका बाबजुत पनि मोरोक्कोमा स्थायित्व ल्याएको रुपमा बुझिन्छ।
त्यस्तै पूर्वधार विकासमा पनि महत्वपूर्ण उपलब्धी हासिल गरेको त्यहाँका राजपरिवारको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।