डोटी– प्रदेशको अस्थायी राजधानीको विषयलाई लिएर डोटीमा प्रधानमन्त्रीको पुत्ला जलाएपछि भएको झडपमा प्रहरीले हवाई फायर गरेको छ। प्रहरी र आन्दोलनकारीबीचको झडपमा तीन जना घाइते भएका छन्।
दिपायललाई प्रदेश नम्बर ७ को राजधानी माग्दै स्थानीयले आन्दोलन गरेका हुन्।
दिपायलस्थित क्षेत्रीय प्रशासन कार्यालय आगाडि आन्दोलनकारी र प्रहरीबीच झडप भएपछि प्रहरीले १० राउण्ड हवाइ फायर गरेको थियो। आन्दोलनकारीले सरकारी मोटरसाइकल जलाउनुका साथै सरकारी कार्यालय तोडफोड गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।