काठमाडौं – फेरान टोरेसको दुई गोलको मद्धतमा १९ वर्षमुनिको युरो कप फाइनलमा स्पेनले पोर्चुगललाई २-० ले हराएको छ ।
शनिबार राति भएको फाइनल खेलको ३४ औँ मिनेटमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका टोरेसले ५० औँ मिनेटमा दोस्रो गोल गरेका थिए । त्यसपछि दुवै टिमबाट थप गोल भएन । भ्यालेन्सियाका टोरेसकै उत्कृष्ट खेलमा स्पेनले पोर्चुगललाई हराएको हो ।
गएको महिना २१ वर्षमुनिको युरो कपमा जर्मनीलाई २-१ ले हराएको स्पेननले १९ वर्षमुनिको युरो कप जितेसँगै स्पेनिस फुटबलका युवा खेलाडीको तारिफ भइरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।