काठमाडौं – टी-२० विश्वकपको एसियाली छनोटको फाइनल चरणबाट कुवेतका ब्याट्सम्यान मोहम्मद काशिब ‘प्लेयर अफ दि टुर्नामेन्ट’ बनेका छन् । काशिबले तीन इनिङमा १ सय ४३ रन बनाएका थिए । उनले प्रतियोगितामा चार विकेट पनि लिएका थिए ।
उत्कृष्ट ब्याट्सम्यान सिंगापुरका टिम डेभिड भएका छन् । उनले तीन इनिङमा १ सय २९ रन बनाएका थिए । अन्तिम खेलमा नेपालविरुद्ध उनले ७७ रन निकै महत्वपूर्ण रह्यो ।
यस्तै प्रतियोगिताकै उत्कृष्ट बलर कतारका इकबाल हुसेन भए । उनले ४ इनिङमा १२ विकेट लिएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।