काठमाडौं – टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्न चुकेको नेपाली टिम सोमबार राति साढे १० बजे स्वदेश फर्कने भएको छ । सन्दीप लामिछाने र सोमपाल कामी भने आइतबार राति नै ग्लोबल टी–२० का लागि क्यानडा जाँदै छन् ।
२५ जुलाईदेखि क्यानडामा चलिरहेको ग्लोबल टी–२० मा सोमपाल विनिपिग हक्स टिममा र सन्दीप टोरोन्टो नेशनल्समा रहेका छन् ।
टी–२० विश्वकपको एसिया क्षेत्रीय छनोटको फाइनल चरणमा तेस्रो स्थानमा रहेको नेपालको खेल निराशाजनक रह्यो । मलेसियालाई ७ विकेटले र कुवेतलाई पनि ७ विकेटले नै हराएको नेपाल कतारसँग ४ विकेटले र सिंगापुरसँग ८२ रनले पराजित भयो ।
छनोट प्रतियोगिताबाट सिंगापुर ग्लोबल छनोटमा पुगेको छ । कतार र नेपाल दुवैको ४–४ अंक भए पनि नेट रन रेटमा नेपाल कतारभन्दा पछि परेको छ । कतारको नेट रन रेट –०.३७८ रहेको छ भने नेपालको नेट रन रेट –०.६८२ रहेको छ । यसैले कतार दोस्रो र नेपाल तेस्रो स्थानमा रहे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।