काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक फेरि सरेको छ। आइतबारका लागि बोलाइएको बैठक सोमबार ३ बजेका लागि सारिएको छ।
३२ वटा केन्द्रीय विभागसहित जनसंगठनका इञ्चार्जहरुको टुंगो लगाउन आज बस्ने भनिएको बैठक सारिएको हो।
पार्टीको स्कुल विभागमा आंकाक्षी नेताहरु बढेपछि पार्टीले जिम्मेवारी बाडफाँड गर्न नसक्दा बैठक सरेको बताइएको छ। सो विभागमा ४ पक्षले आफ्नो दाबी गर्दै आएका छन्।
साउन ७ र ९ गतेलाई बोलाइएको बैठक पनि सारिएको थियो। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।