इस्तानवुल- टर्कीको प्रहरीले सन् २०१६ को असफल राज्य विद्रोहमा सघाएको आरोपमा शनिबार देशभरबाट ४४ प्रहरी अधिकारीलाई नियन्त्रणमा लिएको छ।
टर्कीका धर्मगुरू फेतुल्लाह गुलेनको सञ्जालको सहयोगमा गरिएको भनि अङ्कराले आरोप लगाउँदै आएको सन् २०१६ को जुलाई १५ मा भएको उक्त विद्रोहमा २ सय ५० जनाको ज्यान गएको थियो।
प्रहरीले शनिबार एकै समयमा ३० प्रान्तमा सुरू गरेको अभियानमा ६४ जना शङ्कास्पद अधिकारीलाई खोजी गरिएको र ४४ जना फेला पारिएका सरकारी अधिकारीलाई उद्धृत गरी टर्कीको अनादोलु समाचार संस्थाले जनाएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।