मस्को- स्वच्छ तथा स्वतन्त्र निर्वाचनको माग गर्दै प्रदर्शन गर्न शनिबार बिहान भेला भएका ५ सय ६१ जनालाई रूसी प्रहरीले सुरक्षा नियन्त्रणमा लिएको आन्दोलन अनुगमनकारी संगठन ओभिडी इन्फोले जनाएको छ।
ओभिडी इन्फो नामक संस्थाले बताएअनुसार शनिबारको प्रदर्शनमा प्रहरीको व्यापक धरपकडका बावजुद पनि कम्तीमा ३ हजार ५ सय जनाले प्रदर्शनमा सहभागिता जनाएका थिए।
प्रदर्शनपछि मस्को नगर परिषद्को कार्यालय नजिकै कोणसभा गर्ने कार्यक्रममा भेला हुने क्रममा अधिकांश नेता तथा कार्यकर्ताहरूलाई प्रहरीले गिरफ्तार गरेको हो। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।