काठमाडौं- राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले दक्षिण एशियाली खेलकुद प्रतियोगिता निर्धारित समयमा नै हुने भन्दै आशंका नगर्न आग्रह गरेका छन्।
नेपाल खेलकुद पत्रकार मञ्चले शनिबार राजधानीमा गरेको कार्यक्रममा परिषद्का सदस्य सचिव सिलवालले कार्यविधि र पूर्वाधारका कारणले खेल नरोकिने बताएका हुन्। 'केही खेलका लागि वैकल्पिक रंगशालाको व्यवस्था पनि गरिएकाले कार्यविधि र पुर्वाधारका कारणले खेल प्रभावित हुने छैन,' उनले भने।
प्रतियोगिता गर्न राष्ट्रले प्रतिवद्धता जनाईसकेकाले कुनै पनि वहानामा त्यसबाट पछि हट्न नमिल्ने तर्क उनको थियो।
सार्वजनिक खरिद ऐन र कार्यविधिमा केही जटिलताहरु भएपनि त्यसबारे सम्बन्धित निकायमा आफूले कुरा राखिसकेकाले फास्ट ट्रयाक मार्फत गएर भएपनि प्रतियोगिता संचालन गरिने दाबी गरेका थिए।
प्रधानमन्त्री , अर्थमन्त्री र खेलकुद मन्त्रीले बजेट अभावमा खेल नरोकिने आश्वासन दिएको पनि उनले जानकारी गराए।
रंगशाला निर्माण, रंगशाला सम्मको सडक विस्तार लगायत खेलका पुर्वाधार तयार नहुनु, बजेट तथा सार्वजनिक खरिद ऐन र परिषद्को कार्यविधिमा देखिएको जटिलताले दक्षिण एसियाली खेलकुद प्रतियोगिता नेपालमा नहुने हो कि भन्ने आशंका बढीरहेका बेला नवनियुक्त परिषद्का सदस्य सचिव सिलवालले प्रतियोगिता कुनै पनि वहानामा नरोकिने बताएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।