• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, फागुन १८, २०८२ Mon, Mar 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्रीको भाषणमा कथैकथा

'म अस्थायी बिरामी हुँ, नक्कली चाहिँ होइन'
64x64
नेपाल लाइभ शनिबार, साउन ११, २०७६  १५:५७
1140x725

काठमाडौं- शब्द चयन, विषय, प्रसंग र समय सापेक्ष उखान टुक्का मिलाएर भाषणा दिन सक्ने व्यक्तिका रुपमा प्रधानमन्त्री ओलीले परिचय बनाएका छन्। कार्यक्रममा ढिला आउने र लामो भाषण गर्ने कला पनि उनीसँग छ। शनिबार यस्तै भयो। 

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक तथा बहिरंग सेवा संञ्चालन गरिने नयाँ भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो नभएको जानकारी गराइए पनि उनले झण्डै ४५ मिनेट भाषण गरे। भाषणमा गंगालाल अस्पतालको स्थापनादेखि पौराणिक, ऐतिहासिक महत्व राख्ने धेरै कथाका विषयवस्तु जोडिए। त्यो पनि सिलसिलाबद्ध रुपमा मिलाइमिलाइ।

उनको भाषणमा सुरुको कथा थियो- जमदग्निले श्रीमतीलाई काटेको विषय। जमदग्निले श्रीमतीलाई काटे। छोरा परशुरामले बुबा मैले तपाईको आज्ञा त मानेँ। मेरो माग पूरा गरिदिनुपर्यो। जो तपाईंले वचन दिनुभएको थियो। मेरी आमालाई फेरी जस्ताको तस्तै ब्युँझाइदिनोस्। अनि जमदग्नीले अपरेसन गरेर ब्युँझाइदिए। जस्ताको तस्तै बनाइदिए।

दोश्रो कथा थियो- रामायण कालमा लक्ष्मण लंकामा घाइते भएको। लक्ष्मण युद्धमा घाइते भए।  बेहोस भए। कोमामा गए। औषधीको थलो भनेको त फेरि हिमालय पर्वत हो। जाऊ हिमालयमा गएर औषधि लिएर आउ भनी हनुमानलाई भनियो। उनले औषधी बोकेर गए। लक्षमण ब्युँझिए।

तेश्रो कथा थियो- पार्वतीका छोराको शिर हराएको। शनिको नजर पुग्ने बित्तिकै पार्वतीका छोराको शिर हराएको भयो। आपत् पर्यो। त्यसपछि छेउमा जे भटिन्छ त्यसको टाउको लेऊ भनियो। हात्तीको टाउको ल्याएर जोडे। म्याचिङको प्रोब्लम पनि मिलाएका रहेछन् त्यत्तिबेला,  प्रधानमन्त्रीले पौराणिक कथा सुनाउँदा दर्शकवृत्तमा हाँसो फैलिरहेको थियो। 

Ncell 2
Ncell 2

परापूर्वकालमा आश्विनीकुमारलगायत ऋषिले धन्वन्तरि आयुर्वेदको परम्परा अगाडि बढाएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले पुर्खाहरुले अन्धविश्वासमा मात्रै नभई प्रयोगको अवधारणा अघि बढाएको कथा सुनाए। पुर्खाहरुले स्वास्थ्य सम्बन्धी सबै समस्याको समाधान जडीबुटीबाट नै गरेको र स्वास्थ्यकर जीवन बिताएको भन्दै उनले आफ्नो भने  ६७ वर्षकै उमेरमा कमजोर भएको र बुद्धिबंगारा पनि फुस्किएको बताए।

म ६७ वर्ष पूरा हुन लागेँ। हिजो बेलुका मेरो दाहिनेपट्टिको माथिल्लो भागको बुद्धिबंगारो आफैं खुस्कियो। १ सय १ वर्षमा मेरो हजुरआमाले भुटेको मकै भटमास चपाउनुहुन्थ्यो। संयोग कस्तो परेछ। मेरो चाँहि हिजो बेलुका मात्रै दाहिनेपट्टिको माथिल्लो बुद्धिबंगारो खुस्कियो। छामेर हेरेँ। जरा पनि छैन। रगत पनि आएन। कति असक्त भएको रहेछ, उनले भने। 

नेपालको भूगोल नै औषधि उम्रने तथा जन्मने र हुर्कने किसिमको भएको र जडीबुटीको प्रयोगमा पुर्खाहरुको असाधारण रहेको उल्लेख गर्दै उनले आधुनिक उपचार पद्धतिमा प्राप्त गरेको सफलता तिनै पुर्खाको जेनेटिक मेमोरीका कारण भएको बताए।

त्यो कल्पना असंभव कल्पना मात्रै थिएन। पुष्पक विमान परापूर्व कालमा कल्पना गरिएको थियो। अनौठो लाग्छ। पुष्पक विमान लिएर रामलाई लिन लंका गयो। एयरपोर्ट बनाएको थिएन। पुष्पक विमान हेलिकोप्टरझैं ल्याण्ड गर्थ्यो र हेलिकोप्टर झैँ टेकअफ गर्थ्यो। एयरपोर्टको चाँहि कहीँ वर्णन पाईँदैन, प्रधानमन्त्री ओलीले भने। 

आधा दर्जन बढी पौराणिक, ऐतिहासिक कथाका विषयवस्तुहरु राखेका प्रधानमन्त्री ओलीले भाषणको अन्त्यमा पुग्नै लाग्दा आफू अस्वस्थ रहेको तर भाषण भने लामो गरेको स्वीकार गर्दै नक्कले बिरामी भन्ने भान हुने हो कि भन्दै ठट्टा गरे।

कल्ले पत्याउने? स्वास्थ्य त्यत्ति राम्रो नभएर नआउने भनेर सुतिरहेको थिएँ। हैन आउनु न त भनेर अलि जोडै गरेपछि उठेर आएको हुँ। बोल्दै जाँदा लामो भएपछि यो नक्कली बिरामी हो कि क्या हो भन्ने पर्ला। म अस्थायी बिरामी हुँ। यो नक्कली चाँहि होइन, उनको ठट्यौली थियो। 

अस्पतालले स्थापनाकालदेखि अहिलेसम्म १७ हजार बिरामीको ओपनहर्ट सर्जरी गर्न सफल भएकोमा धन्यवाद दिँदै आगामी दिनको सफलताको पनि कामना गर्न भने छुटाएनन्।

प्रकाशित मिति: शनिबार, साउन ११, २०७६  १५:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रामेछाप गाडी दुर्घटना अपडेट : एक जनाको मृत्यु
जेन–जी अगुवा मिराज ढुङ्गाना गगन थापालाई समर्थन गर्न सर्लाहीमा
रामेछापमा निर्वाचन अधिकृत बोकेको गाडी दुर्घटना
सम्बन्धित सामग्री
जेन–जी अगुवा मिराज ढुङ्गाना गगन थापालाई समर्थन गर्न सर्लाहीमा ढुङ्गानासहितका युवाहरू सोमबार दिउँसो सर्लाही ४ पुगेका हुन्। सोमबार, फागुन १८, २०८२
मध्यपूर्वमा समस्यामा परेका नेपालीको सहयोगका लागि काँग्रेसद्वारा ‘हेल्प डेस्क’ स्थापना थापाले भनेका छन्, “मध्यपूर्वका केही देशमा उत्पन्न परिस्थितिले धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई प्रभावित पारेको छ। कतिपयले तत्... सोमबार, फागुन १८, २०८२
निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन प्रधानमन्त्री कार्कीको अपिल निर्वाचनको तीन दिनअघि विशेष सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्, ‘‘भोट हाल्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाई कसैलाई जिताएर पठाउनु... सोमबार, फागुन १८, २०८२
ताजा समाचारसबै
रामेछाप गाडी दुर्घटना अपडेट : एक जनाको मृत्यु सोमबार, फागुन १८, २०८२
जेन–जी अगुवा मिराज ढुङ्गाना गगन थापालाई समर्थन गर्न सर्लाहीमा सोमबार, फागुन १८, २०८२
रामेछापमा निर्वाचन अधिकृत बोकेको गाडी दुर्घटना सोमबार, फागुन १८, २०८२
मध्यपूर्वमा समस्यामा परेका नेपालीको सहयोगका लागि काँग्रेसद्वारा ‘हेल्प डेस्क’ स्थापना सोमबार, फागुन १८, २०८२
यस्तो छ आइजिपी कार्कीको एक सय दिनको उपलब्धि सोमबार, फागुन १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीसहित ३ जनाको मृत्यु आइतबार, फागुन १७, २०८२
इरानले मध्य–पूर्वमा पुन: सुरु गर्‍यो आक्रमण आइतबार, फागुन १७, २०८२
सरकारी टेलिभिजनबाट रुँदै दिइयो खामेनीको मृत्युको खबर, इरानमा ४० दिने राष्ट्रिय शोकको घोषणा आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्