• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

छोरालाई काखी च्यापेर सशस्त्र युद्ध लडेकी धनमायाको मन फेरिएपछि…

64x64
नेपाल लाइभ शनिबार, साउन ११, २०७६  ११:०५
1140x725

रोल्पा- 'प्युठानको खलंगा र बिजुवार बीचको जंगलमा सुरक्षाफौजलाई आक्रमण गर्न खोज्ने रोल्पाका गंगाराम पुनको घटनास्थलमै मृत्यु…' 

जब रेडियोमा यो समाचार सुनिन्, धनमाया पुन छाँगाबाट खसेझैं भइन्। रेडियोले भनेको साँचो हो कि आफू भ्रममा परेको हो उनलाई ठम्याउन मुस्किल पर्‍यो। न उठेर हिँड्न सकिन्। न त बोल्न नै। उनले एकएक घन्टमा आउने समाचार कुरिरहिन्। रेडियोले त्यही समाचार दोहोर्‍याइरह्यो।

२०५८ मंसिरमा माओवादीले पहिलो पटक नेपाली सेनाको ब्यारेकमा आक्रमण गरेको थियो। दाङमा रहेको सो ब्यारेक आक्रमणपछि सरकारले संकटकाल घोषणा गरी सेना परिचालन गरेको थियो। सेना परिचालनपछि दिनहुँजसो हुने भिडन्तमा माओवादी मरेको भन्ने समाचार रेडियोबाट प्राथमिकताका साथ बजिरहन्थ्यो। 

श्रीमान् घर छाडेर माओवादी सशस्त्र युद्धमा पूर्णकालीन भएपछि धनमायाको साथी रेडियो भएको थियो। साथीको रुपमा रहेको त्यही रेडियोले जीवनसाथीको मृत्युको खबर दिँदा उनलाई पत्यार लागेन। त्यस्तै नाम गरेका अरु कोही हुन सक्छन् भन्ने एक मनले सोचे पनि मनको एक कुनामा कताकता शंकाले भने पिछा छाडेन।

युद्धकालीन समयमा पार्टीका नेता कार्यकर्ताको मृत्यु भएपछि त्यसको खबर पार्टी संयन्त्रमार्फत परिवारसम्म आइपुग्न लामै समय लाग्थ्यो। उनले रेडियोबाट त्यस्तो खबर सुनेको केही दिनपछि पार्टीका जिम्मेवार मान्छे आइपुगे, श्रीमान्‌ले 'सहादत' प्राप्त गरेक खबर लिएर। पार्टीबाट श्रद्धाञ्जलीसभाको कार्यक्रम राखियो। उनी पनि त्यो कार्यक्रममा सहभागी भइन्। 

श्रीमान् २०५२ सालदेखि नै माओवादी युद्धमा लागेको भए पनि उनलाई भने राजनीतिले छोएको थिएन। घरमै बसेर खेती किसानी गर्ने तथा छोराहरु हुर्काउने जिम्मेवारी थियो उनको। 

सामान्य गृहणी धनमाया श्रीमान्‌को मृत्युपछि भने चुप लागेर नबस्ने निष्कर्षमा पुगिन्। श्रीमान्‌को सपना पूरा गरेरै छाड्ने अठोटले उनलाई ऊर्जा दिइरह्यो।

एक वर्षभित्र दाजुभाइको हत्या
श्रीमान्‌को मृत्युको घाउ परिवारमा आलै थियो। २०५९ जेठ २१ गते उनलाई अर्को पीडा थपियो। 

Ncell 2
Ncell 2
nimb
nimb

एकाघरको देवर तुकमान पुनलाई सेनाले हत्या गरेको खबर आयो। एउटै परिवारमा एक वर्षभित्र २ जनाको मृत्यु चानचुने कुरा थिएन। आफ्ना तीन नाबालक छोरा, देवरको छोरी, सासूससुरा अनि देवरानी पाल्ने जिम्मेवारी उनको काँधमा आइपुग्यो। घरका दाजुभाइको हत्यापछि कमाइदिने कोही भएन। एकातिर श्रीमान् र देवर हत्याको जवाफ माग्नु थियो भने अर्कोतर्फ परिवार पाल्ने दायित्व। उनले दोस्रो दायित्वलाई समेत नभुलेर पहिलो जिम्मेवारी वहन गर्ने निर्णयमा पुगिन्। 

श्रीमान् र देवरको हत्यापछि सुरक्षा फौज दिनहुँजसो उनको गाउँमा आउन थाल्यो। आफ्नो पूरै परिवार नै असुरक्षित हुन थालेको महसुस भएपछि श्रीमान्‌को बाँकी कार्यभार पूरा गर्ने संकल्प गर्दै ७ र ५ वर्षका जेठो र माहिलो छोरालाई माइतमै छाडिन्। ३ वर्षको कान्छो छोरालाई काखी च्यापेर भूमिगत भइन् धनमाया। 

कठोर भूमिगतकाल
भूमिगत भएपछि कैयौं दिन माटोको ओछ्यान र ढुंगाको सिरानी बनाएर सुत्नुपरेको धनमाया अहिले पनि स्मरण गर्छिन्। ३ वर्षे नाबालक छोरालाई काखी च्यापेर सेना प्रहरीबाट बच्दै हिँड्नुपर्ने कहालीलाग्दो यात्रासँग असीम आशासमेत थियो उनमा। 

'पार्टीले परिकल्पना गरेको राज्यमा धनी-गरिब सबै समान हुने कस्तो आदर्शवादी सपना थिए,' उनले स्मरण गर्दै भनिन्, 'नेताको प्रशिक्षण र भाषण सुन्दै जाँदा अलिअलि राजनीति बुझ्न थालेँ।' 

महिला संगठनमा बसेर काम गर्न थालेपछि उनले पार्टी सदस्यता पाइन्। नेताहरुले भनेको त्यही आदर्शवादी समाजका लागि आफू संघर्षरत रहिन्। छोराहरुको सुनौलो भविष्यको कल्पनासँगै कठोर भूमिगत दिनहरु बिताइरहिन्।

४ वर्ष लामो भूमिगत राजनीतिपछि पार्टी शान्तिपूर्ण प्रक्रियामा प्रवेश गर्‍यो। यसपछि भने धनमायाको दैनिकी पार्टीको जिम्मेवारीका साथै घरायसी काममा बित्न थाल्यो। लामो समय बाहिर बस्दा घर अस्तव्यस्त थियो। शान्तिकालपछि उनले घरको व्यवस्थापन गर्दै परिवार सम्हाल्न थालिन्। घरको व्यवस्थापन गर्न निकै मुस्किल पर्‍यो उनलाई। 

पार्टीले खटाएको बेला जहाँ पनि पुग्न पछि नपर्ने उनी पार्टीको आशालाग्दी कार्यकर्ता थिइन्। पहिलो संविधानसभा निर्वाचनपछि पार्टी देशकै ठूलो शक्ति वन्यो। नेताहरु सांसद, मन्त्री, प्रधानमन्त्री बने। पानी चुहिने घरमा बसेर ढिँडो गुन्द्रुक खाएका नेताहरु काठमाडौंमुखी भएर चौरासी व्यञ्जनमा लिप्त हुन थालेपछि गाउँघर चटक्कै बिर्सिएको उनले पटकपटक गुनासो गरिरहिन्।  

सहिद तथा बेपत्ता परिवार र घाइतेहरुलाई चटक्कै बिर्सिएको पीडा उनका लागि कम दुःखलाग्दो थिएन। पद र भागबण्डाको तानातान गर्दै पार्टी पनि चिराचिरा भएपछि उनलाई राजनीतिप्रति वितृष्णा जाग्न थाल्यो। उनले राजनीतिभन्दा समाजसेवामा ध्यान दिन थालिन्। एकल महिलाहरुसँगै रहेर काम गर्नुका साथै गाउँघरमा आउने मुद्दा मिलाउन थालिन्। सुरुसुरुमा टोलको भलाद्मी रहेकी उनी पछिपछि गाविसकै भलाद्मी बन्न पुगिन्। 

पूर्व सहकर्मीले नै घर घेरेपछि
वडाभर (साबिक गाविस) उनको स्विकार्यता बढ्दै गयो। माओवादी सशस्त्र युद्धमा गरेको लगानी, सामाजिक कार्य आदिका कारण जनतामाझ लोकप्रिय हुदै गरेकी धनमाया स्थानीय तहको निर्वाचनमा रोल्पा नगरपालिका वडा नं १० वाट महिला वडा सदस्यमा निर्वाचित भइन्। नेपाली कांग्रेसको उम्मेदवार बनेकी उनलाई निर्वाचनमा आफ्ना पूर्व सहकर्मीहरुले निकै दु:खसमेत दिए। 

'आफ्नै पूर्व सहकर्मीहरुले नै मतदान हुनुभन्दा ५ दिन अघिदेखि नै रातिको समयमा घर घेरा हालेर नाराबाजी गरेका थिए,' उनी सम्झिन्छिन्।

बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव र मोहन वैद्यहरु पार्टीबाट छुट्टिँदा केही गर्न नसक्नेहरुले आफू अर्को पार्टीमा प्रवेश गरेका कारण ५ रातसम्म नाराबाजी गरेको घटना उनलाई निकै चित्त दुखेको छ। 

पूर्व सहकर्मीहरुले आफूलाई जुत्ताको माला र मोसो दल्ने भनेर प्रचार गर्दै हिँडेको भए पनि जनताले भने आफूलाई विश्वास गरेर विजयी बनाएकोमा उनी खुसी हुन्छिन्। युद्धमा परिवारका २ सदस्य गुमाए पनि पूर्व सहकर्मीको व्यवहारले साँच्चिकै चित्त काटिएको थियो उनको। स्थानीय निर्वाचन भएको २ वर्ष पूरा भए पनि यो घटनाले उनलाई सधैं पछ्याइरहन्छ। 

माओवादी सशस्त्र युद्धमार्फत राज्यसत्ता कब्जा गर्ने भन्दै ४ वर्ष लामो भूमिगत जीवनका साथै एक दशक लामो खुला राजनीतिमार्फत माओवादी आन्दोलनलाई सहयोग गरेकी उनी अहिले भने बिपीको प्रजातान्त्रिक समाजवादको वकालत गर्दै हिँड्न थालेकी छन्। कुनै समय मार्क्स, लेनिन र माओलाई उनले आदर्श मान्ने गर्थिन्। अहिले भने उनको राजनीतिको आदर्श पात्र फेरिएका छन्। 

'प्रचण्ड-बाबुरामहरु पनि आफूले राजेकै शान्तिपूर्ण बाटोमा आएका हुन्,' उनलाई पश्चात्ताप छैन, 'मैले बेलैमा सही निर्णय गरेकी हुँ।'

तत्कालीन नेकपा एमालेलाई कम्युनिस्ट होन भन्ने आफ्ना पूर्व नेता प्रचण्ड एमालेमै मिसिन आएर राजनीति भविष्य सुरक्षित गरेको धनमायाको बुझाइ छ। एक सामान्य गृहिणी, माओवादी कार्यकर्ता, सामाजिक अगुवा हुँदै अहिले नेपाली कांग्रेसको तर्फबाट निर्वाचित स्थानीय तहको जनप्रतिनिधि हुँदा उनी निकै खारिइसकेकी छिन्। भन्छिन्, 'त्यो बेला पार्टीबाट ठूलो आशा थियो। तर शान्तिपूर्ण राजनीतिमा आएपछि नेतृत्व पंक्ति नै स्वार्थमा लागे। न सहिद परिवारको न्यायोचित सम्बोधन भयो। न त बलिदानीको मूल्यांकन।'

प्रकाशित मिति: शनिबार, साउन ११, २०७६  ११:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने मंगलबार, असोज ६, २०८३
फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट मंगलबार, असोज ६, २०८३
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्