काठमाडौं-आइसीसी टि २० विश्वकप अन्तर्गत एसिया छनोटको तेस्रो खेलमा नेपाल र कुवेतबीच भइरहेको खेलमा नेपाललाई जित्नको लागि कुवेतले १ सय ४२ रनको लक्ष्य दिएको छ। ब्याटिङ गरिरहेको नेपालले एक विकेटको क्षतिमा सेन्चुरी कटाएको छ।
नेपाली कप्तान पारस खड्काले हाफ सेञ्चुरी कटाएका छन्। यसअघि, निर्धारित २० ओभरको खेलमा कुवेतले ९ विकेट गुमाएर १४१ रन बनाएको थियो। सिंगापुरको इण्डियन एसोसिएसन ग्राउण्डमा जारी खेलमा टस हारेर कुवेतले व्याटिङ पाएको थियो। मोहम्मद कासिफले ४९, आन्दन इन्द्रासले २५, मोहम्मद इस्लामले २३ ,राजिभा सान्दारवानले १५ र विलाल ताहिरले १३ रन जोडका थिए। ग्लोबल छनोटमा पुग्नका लागि नेपाल जित्नै पर्ने दबाबमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।