• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेसमा मतान्तर : अन्तरिम संगठन बनाउने कि सिधै महाधिवेशनमा जाने

64x64
नेपाल लाइभ शनिबार, साउन ११, २०७६  ०८:३२
1140x725

काठमाडौं- नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा अन्तरिमकालिन संगठन बनाउने वा सिधै १४ औं महाधिवेसनमा जाने विषयमा नेताहरूमा मतान्तर बढेको छ। 

संस्थापन पक्षका नेताहरूले विधानको संक्रमणकालीन व्यवस्था अनुसार निर्वाचित कार्यसमितिहरू गठन गरी जानुपर्ने तर्क अघि सारेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले महाधिवेसन केन्द्रित भएर कार्यतालिका ल्याउन जोड दिएका छन्। महाधिवेशनको समय नजिएकाले एकै वर्ष कार्यसमिति बनाउन दुई पटक निर्वाचन हुन नसक्ने उनीहरुको जिकिर छ। अर्कोतर्फ तेश्रो पक्षका नेताहरूले अन्तरिम कार्यसमिति निर्वाचन गर्न ढिलो गर्न नहुने धारणा राखेका छन्। 

उपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेसको विधानको संक्रमणकालीन धारा ७२ (४)को क,ख,ग,घ,ङ अनुसारको अन्तरिम संरचना गठन गर्नैपर्ने धारणा बताए। उनले भने, ‘धारा ७२ को ४ अनुसार अन्तरिम संरचना नबनाई महाधिवेशन गर्ने र तिथि तोक्ने प्रयोजनका लागि व्यवस्था गरिएको धारा १५, १७, ३५(२) को (घ) र (ङ) लागु गर्न सकिँदैन।’

विधानको व्याख्याा गर्दै निधिले अन्तरिम संरचना नबनिकन महाधिवेशनमा जानै नसकिने तर्क राखे। 
अन्तरिम संरचना बनाएर महाधिवेशनमा जानको लागि समयाभाव भएकाले अन्तरिम संरचनाको व्यवस्थालाई निलम्बन गरी महाधिवेसन केन्द्रित हुनुपर्ने नेता डा मिनेन्द्र रिजालको तर्क छ।

महाधिवेशनको एक वर्षअघि नै तल्लो तहको महाधिवेशन हुनुपर्ने विधानको व्यवस्थालाई कार्यान्वयन गर्नका लागि सिधै महाधिवेशन केन्द्रित हुनुपर्ने उनको राय थियो। रिजालको मतमा अर्का केन्द्रीय सदस्य धनराज गुरुङ पनि सहमत छन्। अन्तरिम संरचनाको माग निर्वाचन पराजय लगत्तै गरेको उनले बताए। गुरुङले भने, ‘त्यो बेला वास्ता नगरी बसे। संक्रमणकालीन व्यवस्था भनेर अब लागियो भने महाधिवेशन हुन सक्दैन।’

पौडेल पक्षका नेताहरूले साविककै संरचनालाई यथोचित राखेर महाधिवेशन केन्द्रित हुने राय राखेका छन्। साविककै क्षेत्रीय कार्यसमितिलाई सक्रिय सदस्यता र नवीकरणको अधिकार दिएर महाधिवेशनमा जानुपर्ने राय राखेका छन्।

साविकको क्षेत्रीय समितिले सदस्यता वितरण र नवीकरण गरेसँगै महाधिवेशनको माहोल बन्ने उक्त पक्षका नेताहरूको भनाइ छ। संशोधित विधानको धारा  ३५ को उपधारा २ (घ) मा स्थानीय तहको अधिवेशन केन्द्रीय महाधिवेशन र प्रदेश अधिवेशन हुनुभन्दा एक वर्षअघि सम्पन्न गर्नुपर्ने व्यवस्था छ।

गुरुङले भने, ‘एक वर्ष स्थानीय तहका अधिवेशन नगर्ने हो भने विधानमा उल्लेख गर्न हुने थिएन।’

Ncell 2
Ncell 2
nimb
nimb

क्रियाशील सदस्यता वितरण क्रममा पार्टीभित्र विवाद उत्पन्न हुँदा तोकिएको समय विगतमा वितरण कार्य नसकिएको अवस्था छ। गुरुङले भने, ‘क्रियाशील वितरण जटिल हुन्छ। विवाद हुन्छ। त्यसकै लागि समय बढी लाग्छ। नियमित महाधिवेशनको समय सम्ममा तल्लो तहको अधिवेशन गर्न पनि सकिदैँन।’ 

२०७७ को फागुनमा महाधिवेशन हुने मिति तय भएको अवस्थामा १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र, ३ सय ३० प्रदेश कार्यसमिति, ७ सय ५३ पालिका कार्यसमिति र ६ हजार ७ सय ४३ वडाको अन्तरिम कार्यसमिति यसै वर्षको फागुनमा सकिसक्नुपर्नेछ।

नेता अर्जुनरसिंह केसीले अहिलेसम्म देखिएका विवादलाई प्याकेजमा सहमति गर्न जोड दिए। उनले भने, ‘केन्द्रीय सदस्य बुथबाट निर्वाचित भएर आउने, नियमावली,भ्रातृ संगठनहरूको गठन र क्रियाशील सदस्यता वितरण लगायतका विषयमा प्याकेजमा सहमति हुनुपर्छ।’

केसीले महाधिवेशनको मिति तय भएको अवस्थामा विधानलाई टेकेर थप सहमति गर्न सकिने बताए। अन्तरिमकालीन संरचना गठनको प्रक्रियामा लाग्नुपर्ने केसीले धारणा राखे। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेता कृष्ण प्रसाद सिटौलाले अन्तरिमकालीन संरचनाका लागि पदाधिकारीबाट स्पष्ट धारणा आउनुपर्ने बताए। अर्का नेता प्रदीप पौडेलले संक्रमणकालीन संरचना बनाउन समय अभाव नहुने बताए। गठन गर्ने तयारी भए दश दिनमा सबै जिल्लाको संगठन बन्छ।

उनले सबैभन्दा दुर्गम जिल्लाको जिम्मेवारी आफूलाई दिन आग्रह समेत गरे।

प्रकाशित मिति: शनिबार, साउन ११, २०७६  ०८:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च
सम्बन्धित सामग्री
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप पौडेलले सामाजिक सञ्जालमार्फत सरकारको यस्तो रवैयाको समर्थन गर्न नसकिने बताएका हुन् । उनले पक्राउ गरिएका नागरिकलाई पछि छाडिएको घटनाप्र... मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? उनले कात्तिक १६ गतेदेखि लागू हुने गरी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राजीनामा बुझाएका छन्। उनको राजीनामा स्वीकृत भइरहेको प्रदेश प्... मंगलबार, कात्तिक १०, २०८३
ओलीको व्यङ्ग्य : ‘नक्कली भगवान् जन्मिएर हैरान छ’ मंगलबार काठमाडौंमा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै ओलीले देवताहरूको जन्मसम्बन्धी प... मंगलबार, कात्तिक १०, २०८३
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्