• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

होटलमा खाना खाएको पैसा भ्वाइलिन बेचेर तिरेँ : जय देवकोटा

64x64
नेपाल लाइभ बुधबार, माघ ३, २०७४  १९:१२
1140x725

‘सोच्छन् सबै विदेशमा पैसा फल्छ रुखमा,
एकै घुट्की पानी दिने हुँदैन कोही दुःखमा
शरीरभरि मेरै देशको माटो घस्न पाए
बरु एक छाक नखाई बस्थे घरमै बस्न पाए।
थिएन बाबा विदेशिने मन, थिएन आमा विदेशिने मन। 

यस्तो मर्मस्पर्शी शब्दमाथि स्वर भर्दै गर्दा अनामनगरको एक स्टुडियोमा भेटिएका गायक जय देवकोटा साढे एक दशकदेखि सांगीतिक क्षेत्रमा संघर्षशील नाम हो। ‘जीवन भयो उराठ बगर’ बोलको गीति एल्बमबाट नेपाली संगीतमा पाइला राखेका देवकोटाले त्यसयता दर्जनौं गीतमा स्वर भरिसकेका छन्।

निक्खर झ्याउरे, टप्पा, कौडा, रोइला लगायतका लोकभाकामा स्वर भरेका देवकोटा सिजन अनुसार तीज गीत र दशैं–तिहारका गीतमा निकै छाउने गरेका छन्। उनै देवकोटासँग मनोज न्यौपानेले गरेको कुराकानीः 

गायकको रुपमा परिचय बनाउन कति गाह्रो भयो?
म सानैबाट केही न केही बन्नुपर्छ भन्ने सोच भएको मान्छे। गायक बन्ने भित्रैदेखिको सपना थियो। त्यसैको प्राप्तिका लागि ०६१ सालतिर मैले निकै संघर्ष र मिहिनेत गरेर ‘जीवन भयो उराठ बगर’ नामक एल्बम निकालेँ। त्यस एल्बमले श्रोतामाझ मलाई चिनायो। 

नेपाली संगीत क्षेत्रलाई के कुरा दिएँ जस्तो लाग्छ? 
मैले यसै गरेँ या यति गरेँ त मैले भन्न मिल्दैन। तर, विशेषगरी नेपाली लोकभाका र त्यसमा पनि टिपिकल झ्याउरे, टप्पा, कौडा, रोइला, सालैज्यू जस्ता विभिन्न भाकामा धेरै स्वर भरेको छु। टप्पा भाकाका २८ वटा गीत गाएको छु। मैले यही नै दिएको छु भन्दा पनि नेपाली लोकभाका र संस्कृतिको जगेर्नामा केही न केही इँटा थपेको महसुस भने गर्छु। खासगरी स्टेज प्रोग्राममा जब म यिनै भाकामा गीत गाउन थाल्छु, त्यसपछि मलाई दर्शक र उपस्थित फ्यानहरुले बोकेर घुमाउनुहुन्छ। त्यतिबेला भने मैले केही चाहिँ दिएको रहेछु भनेर गर्व लाग्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

अहिलेसम्म गाएकामध्ये सबैभन्दा सफल गीत कुन हो?
यही नै हिट भन्ने छैन। किनकि मैले विभिन्न लोकभाकामा गीत भएकाले पनि हुन सक्छ, कतै मलाई टप्पा गीतहरुले चिन्नुहुन्छ, कतै  झ्याउरे भाकाले चिन्नुहुन्छ र दशैं–तिहारका गीतहरुलाई दर्शकले निकै रुचाइदिने गर्नुभएको छ। आ–आफ्नै भाकाका आ–आफ्नै श्रोता र दर्शक हुनुहुन्छ र सबैको माया मेरा लागि उत्तिकै हो। त्यसैले यो र त्यो चर्चितभन्दा पनि मेरा लागि सबै गीतको भूमिका उत्तिकै लाग्छ। 

तपाईंले यति धेरै गीत गाउनुभएको छ। शब्द र संगीत सिर्जना पनि गर्नुहुन्छ। तर, तपाईं चर्चित गायकहरुको सूचीमा पर्न नसक्नुको कारण के होला? 
पपुलर गायक–गायिकाको सूचीमा अट्नुभन्दा पनि मेरो चाहना नेपाली लोकलयमा स्थापित भएर श्रोता, दर्शकको मन–मस्तिष्कमा अट्ने हो। अहिले नेपाली गीत–संगीतको क्षेत्रमा व्यापक विकृति आएको छ। छाडा गीतलाई दर्शकले पनि बारम्बार हेरिदिनुहुन्छ। यस्तो गलत प्रवृत्ति पछिल्लो समय हाबी बन्दै गएको छ। तर, मेरो उद्देश्य भनेको छाडापन र अर्काको खुट्टा मोलेर अगाडि आउने होइन। मौलिकपन र संस्कृति जोगाउँदै निरन्तर लागिरहने हो, अवश्य कुनै दिन चर्चितको लिस्टमा पनि परिन्छ होला।

पछाडि फर्केर हेर्दा आफ्नो संघर्षका दिनहरु कसरी सम्झनुहुन्छ? 
रुकुमको एक ग्रामीण परिवेशमा हुर्किएको म, काठमाडौं आएर बस्ने कोठा नपाउँदाको क्षण निकै कष्टकर लाग्छ। होस्टल बसेर होटलमा खान्थेँ। खाएको पैसा तिर्न सुको नहुँदा आफ्ले सधैं बोकेर बजाउँदै हिँड्ने भ्वाइलिन बेचेरै भए पनि होटलमा तिरेको छु। सायद सुरुवाती क्षणमा यो निकै पीडादायक परिस्थिति थियो। तर, जब भ्वाइलिन बेचेर होटलको पैसा तिरेको होटलकै दिदीले थाहा पाउनुभयो, त्यसपछि भने उहाँकै सहयोग र प्रेरणाले आज जय देवकोटा भनेर सबैले चिन्नुभएको छ। उहाँको आर्थिक सहयोग र भावनात्मक प्रेरणा मेरो जीवनको हिस्सा हो। आज पनि उहाँको त्यो सहयोग र प्रेरणा सम्झँदा आँखा रसाएर आउँछ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

नेपाली लोकगायक र गायिकाहरुमा तपाईंलाई उत्कृष्ट लाग्ने नामहरु कुन–कुन हुन्?
हुन त लोकगीतको मामलामा नेपालमा धेरै सर्जक र प्रेरणाका खानीहरु हुनुहुन्छ। कसैलाई तल–माथि पारेर भन्ने अधिकार त मलाई छैन। तर पनि मेरो मनले खाएका, मेरो प्रेरणाका स्रोत र नेपाली लोकभाका र संस्कृतिको सम्मानमा अग्रजका रुपमा राजु परियार, बिमाकुमारी दुरा, लक्ष्मी न्यौपाने, नारायण रायमाझी, विष्णु माझी लगायत अग्रजहरुको नाम लिन चाहन्छु।

तपाईं जत्तिको गायक–गायिकाले गीत गाएर मात्र जीविकोपार्जन गर्न सक्ने अवस्था छ?
जीविकोपार्जनका सम्बन्धमा बोल्ने हो भने अवश्य गीत गाएर या गीतबाट बाँच्ने अवस्था पटक्कै छैन। यहाँ यदि कुनै कन्सर्ट या स्टेज प्रोग्राममा कसैले बोलाएन भने बाँच्न सक्ने अवस्था नै छैन। हो, गीत सफल हुन्छ, रेडियो टिभीदेखि युट्युबमा गीत चले पनि खर्चको हिसाबमा आम्दानी निकै कम मात्र हुन्छ। मेरो प्रसंगमा भने मैले दर्शकको माया, साथ र सहयोगले धेरै कार्यक्रमको अफर पाइरहेको छु। त्यसैले बाँचिएको छ। त्यसमा पनि म गायक मात्र नभई शब्द रचनादेखि संगीत कम्पोजसम्म गर्छु। मेरो अर्को रुचिको क्षेत्र चित्रकला पनि हो। मेरा चित्र अहिलेसम्म निकै प्रयोग पनि भइसकेका छन्। अर्कातिर, म तेक्वान्दो खेलाडी पनि भएकाले जीविकोपार्जनको प्रश्न त नउठ्ला। तर, सांगीतिक क्षेत्रमा जीवन बिताउने लक्ष्य भने अझै पनि जीवितै छ। 

भर्खर आउँदै गरेका गायक–गायिकालाई आफ्नो अनुभवको आधारमा के सन्देश दिनुहुन्छ? 
नेपाली गीत–संगीतको बजार निकै खस्किसकेको छ। यहाँ ठग प्रवृत्ति मौलाएको छ। विशेषगरी नयाँ प्रतिभाहरु निकै ठगिएको पाएको छु। यसरी ठगिनबाट बच्नुहोस्। एक ठाउँमा मात्र नभई धेरै ठाउँमा  धेरै ठाउँमा बुझेर मात्र गीत रेकर्ड गराउनुहोस्। लगानी धेरै लाग्ने होइन। तर, आफूले काम गर्न लागेको क्षेत्रमा राम्रो तालिम र तयारीका साथ ज्ञानको भण्डार लिएर मात्र पाइला राख्नुहोस्। मिहिनेतको फल पक्कै पनि मीठो हुन्छ। 

गायन यात्राका बिर्सनै नसकिने कुनै क्षण? 
सांगीतिक यात्रामा भएका धेरै घटना कति भुलिसकियो, कति स्मृतिमा ताजै छन्। तीमध्ये दुई वटा घटना कहिल्यै भुल्न सक्दिनँ। स्टेज कार्यक्रमको माहौल तातिएका बेला स्टेज भाँच्चिएर मेरो खुट्टा नै भाँच्चिएको घटना मेरा लागि ताजा छ। अर्को अविस्मरणीय क्षण, एक ठाउँमा म स्टेजमा गीत गाइरहेका बेला एक महिला फ्यान आएर ‘म तपाईंलाई किस गरुँ’ भनिन्। मैले गायनकै सुरमा हुन्छ भन्दिएछु। उनले च्वाप्प म्वाइँ खाइन्। त्यसपछि भने म लाजले कालोनीलो भएको थिएँ।

प्रकाशित मिति: बुधबार, माघ ३, २०७४  १९:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जाजरकोटमा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन घाइते
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
जाजरकोटमा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन घाइते बिहीबार, असोज २९, २०८३
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर बिहीबार, असोज २९, २०८३
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मध्यमको वर्षाको सम्भावना बिहीबार, असोज २९, २०८३
बैंकमा पैसा थुप्रियो, लगानी र रोजगारी बढ्न सकेन : अञ्जन श्रेष्ठ बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्