एजेन्सी- सञ्जय लीला भन्सालीको फिल्म 'पद्मावत'को विवाद फेरि अदालतमा पुगेको छ।
भारतका ४ राज्यमा फिल्म प्रतिबन्ध हुने भएपछि विवाद पुन: अदालत पुगेको हो। सुरक्षा चुनौतीको कारण देखाउँदै मंगलबार हरियाणा बिजेपी सरकारले फिल्म प्रदर्शनमा प्रतिबन्ध लगाएपछि भारतीए फिल्म निर्माताहरुको समूहले अदालतमा रिट निवेदन दिएका हो।
पद्मावत २५ जनवरीबाट हलमा लाग्दैछ। फिल्ममा दीपिका पादुकोण, शाहिद कपुर, रणवीर सिंहको मुख्य अभिनय रहेको छ। हरियाणा सरकारले मंगलबार गरेको निर्णयबाट रुष्ट बनेका निर्माताहरु अदालत पुगके हुन्। हरियाणा सरकारले भने कानुनसम्मत नै फिल्मको प्रर्दशनमा रोक लगाउने निर्णय गरेको जनाएको छ।
पद्यमातले हरियाणसहित बिजेपी शासित राज्यहरु युपी, गोवा, महाराष्ट्र उत्तराखण्डमा पनि प्रदर्शनको अनुमति पाएको छैन।
फिल्म तामिल, तेलगु भाषामा पनि एकसाथ रिलिज हुँदैछ।
सुरुदेखि नै विवादित 'पद्वामती'बाट नाम परिवर्तन गरिएको फिल्मलाई भारतीय सेन्सर बोर्डले पाँच वटा दृश्य हटाएर मात्र रिलिजको अनुमति दिएको थियो। फिल्मलाई १६ वर्षमुनिका बालबालिकाले एक्लै हेर्न पाउने छैनन्। अर्को रोचक कुरा त भारतीय फिल्म दुनियाँमै पहिलो पटक IMAX 3D मा समेत यो फिल्म रिलिज हुने भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।