काठमाडौं – इंग्ल्याण्डसँगको टेस्ट खेलमा आयरल्याण्डले १ सय ८२ रनको लक्ष्य पाएको छ । पहिलो इनिङमा ८५ रनमा अल आउट भएको इंग्ल्याण्डले दोस्रो इनिङमा ३ सय ३ रन बनाएको हो । आयरल्याण्डले आफ्नो पहिलो इनिङमा २ सय ७ रन बनाएको थियो ।
एकदिवसीय विश्व विजेता इंग्ल्याण्डलाई पहिलो इनिङमा ८५ रनमै अल आउट गर्न आयरल्याण्डका टिम मुर्तागले पाँच विकेट लिएका थिए । पहिलो इनिङमा मुर्तागको उत्कृष्ट बलिङकै सहायताले इंग्ल्याण्ड घरेलु मैदानमा सबैभन्दा कम रनमा समेटिएको थियो ।
आयरल्याण्डका लागि पहिलो इनिङमा एन्डी बलबिराइनले अर्धशतक बनाएका थिए । इंग्ल्याण्डका स्टुआर्ट बोर्ड, ओले स्टोन, साम कुरानले तीन–तीन विकेट लिएका थिए ।
इंग्ल्याण्डका लागि दोस्रो इनिङमा ज्याक लिचले ९१ रन बनाए । यस्तै ज्यासन रोयले ७२, जोय रुटले ३१, साम कुरानले ३७ र स्टुआर्ट बोर्डले २१ रन बनाए ।
अहिले तेस्रो दिनमा लक्ष्य पछ्याउँदै आयरल्याण्ड म्याकुलम र बलबिरिनले ब्याटिङ गरिरहेका छन् । पोटरफिल्ड दुई रनमा आउट भए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।