सेन्चुरियन– भारतीय ब्याट्सम्यान चेतेश्वर पुजाराले दक्षिण अफ्रिका विरुद्धको दोस्रो टेस्टमा अनौठो रेकर्ड बनाएका छन्।
पुजाराले दुवै इनिङमा खराब ब्याटिङ गरेका थिए। उनी पहिलो इनिङमा शून्य रनमा आउट हुँदा दोस्रो इनिङमा १९ रनमा पेभेलियन फर्के। दुवै पटकमा उनी रनआउट भएका थिए। टेस्ट क्रिकेटको एकै इनिङमा दुई पटक रन आउट हुने उनी पहिलो भारतीय खेलाडी हुन्। टेस्ट क्रिकेटमा भारतका पछिल्ला ८ रनआउट मध्ये ६ पटक पुजारा नै सिकार बने।
पहिलो इनिङमा दक्षिण अफ्रिकाका डेब्यु खेलाडी लुङ्गी एनगिडीले पुजारालाई रनआउटको सिकार बनाए। दोस्रो इनिङमा पनि पुजारालाई लुङगी र एबि डिभिलियर्स मिलेर रन आउट बनाएका थिए।

खेलमा भारत १ सय ३५ रनले पराजित भयो। हारसँगै तीन खेलको सिरिज दक्षिण अफ्रिकाले कब्जा गर्न सफल भयो। दक्षिण अफ्रिकाले यसअघि पहिलो टेस्टमा पनि दक्षिण अफ्रिका विजयी भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।