काडमाडौं – स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिने जिदान नयाँ सिजन नजिकिएसँगै घाइते रहेका खेलाडीले चिन्तामा परेका छन् । लेफ्ट ब्याक खेलाडी फर्लान्ड मेन्डी घाइते भएसँगै जिदानले नयाँ सिजनको लागि चिन्ता व्यक्त गरेका हुन् ।
मेन्डी अगाडि ब्राहिम डियज र मार्को एसेन्सियो पनि घाइते अवस्थामा नै छन् । एसेन्सियो त लिगामेन्ट इन्जुरीका कारण आउँदो ९ महिना नै मैदान बाहिर हुने देखिएको छ ।
‘मलाई थाहा छैन एसेन्सियोको स्थान कसले लिने छ’ जिदानले स्पेनिस पत्रिका मार्कासँग भनेका छन्, ‘एसेन्सियोको चोटले हामी धेरै नै खराब अवस्थामा छौँ । अब टिमका भएका खेलाडीलाई तयार गरेर नै अगाडि बढ्ने छौँ ।’
शनिबार अमेरिकामा एथ्लेटिको मड्रिडसँग खेल्ने तयारीमा रहेको मड्रिडमा चोटले समस्या ल्याएपछि ग्यारेथ बेलबारेको निर्णयमा असर पर्न सक्ने फुटबल पण्डितहरुको विश्लेषण छ ।
नयाँ सिजनमा क्लबमा बेललाई देख्न नचाहेका जिदानले उनले छिटोभन्दा छिटो क्लब छाड्न उपयुक्त हुने बताउँदै आएका थिए । अहिले भने यसबारे जिदान मौन छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।