दक्षिण अफ्रिका– दक्षिण अफ्रिकासँगको दोस्रो टेष्टमा पनि भारत पराजित भएको छ। तीन खेलको सिरिजमा दक्षिण अफ्रिकाले उपाधी रक्षा गरेको छ।
दोस्रो टेष्टमा भारत १ सय ३५ रनले पराजित भएको हो। २ सय ८७ रनको लक्ष्य पछ्याएको भारत अन्तिम दिन पहिलो सेसनमै १ सय ५१ रनमा अलआउट भएको छ।
दक्षिण अफ्रिकी बलरका सामु भारतको केही लागेन। दक्षिण अफ्रिकाका बलर लुंगी निग्डीले डेब्यु खेलमै ६ विकेट हात पारेपछि भारतले लज्जास्पद पराजय भोगेको हो।
पहिलो इनिङमा १ सय ५३ रनको सानदार पारी खेलका भारतीय कप्तान विराट कोहली दोस्रो इनिङमा ५ रनमै आउट भएका थिए। रोहित शर्मा बाहेक अन्य भारतीय ब्याट्सम्यानले दोस्रो इनिङमा राम्रो खेल्न सकेनन् । रोहितले ४७ रन बनाएका थिए।
पहिलो टेष्ट पनि दक्षिण अफ्रिकाले जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।