गुइजोउ- चीनको दक्षिणपश्चिमी क्षेत्रमा रहेको गुइजोउ प्रान्तका पहिरोमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्।
स्थानीय समयानुसार बिहीबार बिहान ८ बजेसम्म १५ जनाको शव फेला परेको र अन्य ११ जनालाई उद्धार गरिएको छ। अझै ३० जना बेपत्ता रहेका छन्।
मंगलबार राति ९ः२० बजे सो क्षेत्रमा पहिरो खसेकाले २१ ओटा घर डुबानमा परेको र ५० भन्दा बढी मानिस त्यहाँ फसेकाे उद्धारकर्ताहरूले जानकारी दिएका छन्।
बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको उद्धारकर्ताहरूले बताएका छन्। उद्धार गरिएका व्यक्तिको अस्पतालका उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।