काठमाडौं – भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले दुई हप्ता आर्मीसँग रहेर कास्मिरमा काम गर्ने भएका छन् । विश्वकप क्रिकेटपछि धोनीले सन्यास लिने खबरहरु आइरहँदा उनी आर्मीसँगै खटिन लागेका हुन् ।
अगस्ट ३ देखि भारतीय टोलीले गर्ने वेस्टइन्डिज भ्रमणमा सहभागी नहुने निर्णय लिएका उनी कास्मिरमा खटिन लागेका हुन् । धोनी भारतीय सेनाको रिजर्भ फोर्स ‘टेरिटोरियल आर्मी’ को लेफ्टिनेन्ट कर्नेल हुन् । २०११ मा भारतलाई विश्वकप जिताएपछि उनलाई सम्मानस्वरुप सेनाले लेफ्टिनेन्ट कर्नेल बनाएको थियो ।
धोनी जुलाई ३१ देखि अगस्ट १५ सम्म कास्मिरमा खटिने भारतीय सेनाका प्रवक्ता अमन आनन्दले पुष्टि गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।