काठमाडौं – विश्व फुटबल वरियतामा नेपाल गएको महिनाभन्दा एक स्थान तल झरेको छ । गएको महिना १ सय ६५ औँ स्थानमा रहेको नेपाल अहिले १ सय ६६ औँ स्थानमा पुगेको हो । नेपाल दक्षिण एसियाली देशमा तेस्रो स्थानमा छ ।
दक्षिण एसियामा नेपालभन्दा अघि रहेको भारत १ सय २ औँ स्थानमा र माल्दिभ्स १ सय ५२ औँ स्थानमा छन् । दक्षिण एसियामा नेपालभन्दा पछि बंगलादेश १ सय ८२ औँ स्थानमा, भुटान १ सय ८६ औँ स्थानमा, श्रीलंका दुई सयौँ, पाकिस्तान २ सय ४ औँ स्थानमा छन् ।
विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा रहेको छ । एक स्थान माथि चढ्दै ब्राजिल दोस्रो स्थानमा पुगेको छ । एक स्थान तल झरेको फ्रान्स तेस्रो स्थानमा छ ।
वरियतामा सबैभन्दा राम्रो सुधार अल्जेरियाले गरेको छ । २८ स्थान माथि चढ्दै अल्जेरिया ४० औँ स्थानमा पुगेको हो । यस्तै सबैभन्दा खराब १४ स्थान तल झरेर ब्रुन्डाइ १ सय ४८ औँ स्थानमा पुगेको छ ।
यी हुन् शीर्ष १५ देश
बेल्जियम
ब्राजिल
फ्रान्स
इंग्ल्याण्ड
उरुग्वे
पोर्चुगल
क्रोयसिया
कोलम्बिया
स्पेन
अर्जेन्टिना
स्वीट्जरल्याण्ड
मेक्सिको
डेनमार्क
चिली
जर्मनी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।