मेलवर्न– अस्ट्रेलियन ओपन टेनिस प्रतियोगितामा युक्रेनकी १५ वर्षीया खेलाडी मार्ता कोस्टयुकले इतिहास बनाएकी छिन्। उनी १९९७ पछि सबैभन्दा कम उमेरमा ग्रान्डस्लाम टेनिसको तेस्रो चरणमा पुग्ने खेलाडी बनेकी हुन्।
१५ वर्षीया मार्ताले दोश्रो चरणको खेलमा अस्ट्रेलियाका ओलिभिया रोकोवास्कालाई २–० को सोझो सेटमा पराजित गरिन्। ५ सय २१ औं वरीयताकी उनले पहिलो सेट ६–३ ले जित्दा दोस्रो सेटमा ७–५ को जित हात पारिन्। उनले अन्तिम ३२ को खेलमा आफ्नै देशकी इलिना स्भितोलिनासँग प्रतिस्पर्धा गर्नेछिन्।
सन् १९९७ मा मिर्जना लुकिक कम युएस ओपनको तेस्रो चरणमा पुगेर उमेरमा अन्तिम ३२ मा पुग्ने रेकर्ड बनाएकी थिइन्।
मार्ता अस्ट्रेलियन ओपनको छनोट चरणमा पार गरेर प्रतिस्पर्धामा भाग लिएकी हुन्। गत वर्ष उनले अस्ट्रेलियन गर्ल्स च्याम्पियनसिपको उपाधि जितेकी थिइन्। अस्ट्रेलियन ओपनको अन्तिम ३२ मा पुगेकी पछि उनले राम्रो खेल्न कोशिस गरिरेहको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।