काठमाडौं– गोरखामा १६ किलो सुनजस्तै पहेंलो धातुसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। गोरखाको धार्चे गाउँपालिका–३ बाट सुनजस्तो धातुसहित धनकमल गुरुङलाई पक्राउ गरिएको हो।
खच्चड धपाउने काम गर्ने गुरुङले ओडारमा लुकाएर राखेको अवस्थामा सुनजस्तो धातु बरामद भएको प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए। 'सुनजस्तो वस्तु भेटिएको पुष्टि भएको छ। जाँचपछि मात्रै सुन हो/होइन प्रमाणित हुन्छ,' पोखरेलले भने।
२ वटा झोलामा प्लाष्टिक तथा बोराले छोपेर माटो मुनि गाडिएको अवस्थामा १६ किलो सुनजस्तो वस्तु फेला पारिएको पोखरेलले बताए। उक्त वस्तु चीनतर्फबाट ल्याइएको हुनसक्ने प्रहरीले अनुमान गरको छ।
धनकमलले अवैधरुपमा उक्त धातु ल्याएको थाहा पाएपछि लुटेराको समूहले उनीमाथि अक्रमण गरेर लुट्ने प्रयास गरेको थियो। त्यसपछि आफूले माटोमा गाढेर लुकाएको धनकमलले प्रारम्भिक बयान दिएका छन्। (प्रतिकात्मक तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।