नयाँ दिल्ली- भारतमा भीडद्धारा हत्या गर्ने घटना बढेपछि फिल्मकर्मीहरुले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेका छन्। यो पत्रमा उनीहरुले देशभित्र नश्लीय र जातीय, धार्मिक हिंसा बढ्दै गएको भन्दै उनीहरुले निरासा व्यक्त गरेका छन्।
पत्रमा यस्ता कार्य तुरुन्त रोक्न आवश्यक रहेको र त्यसमा प्रधानमन्त्री मोदीले पहल गर्नुपर्नेमा जोड दिइएको छ।
यसरी कलाकर्मीहरुले पत्र लेखेपछि यो विवादमा पनि आएको छ। फिल्म निर्माता अशोक पन्डितले मोदीको दोस्रो पटक आगमन र आउँदै गरेको विधानसभा चुनावलाई लक्षित गरेर यस्ता घटना बढिरहेकोले अभियान सुरु भएको बताए।
उक्त अभियानमा प्रख्यात निर्देशक मणिरत्नमले आफूलाई उक्त सूचीबाट अलग राखेका छन्। यसअघि उक्त पत्रमा मणिरत्नमको नाम पनि समावेश थियो। तर, उनको टिमले मणिकरत्नमको कुनै संलग्नता नरहेको र हस्ताक्षर समेत समावेश नभएको स्पष्ट पारेका छन्।
यो सूचीमा देशभरका कैंयौं फिल्म सेलिब्रेटीसमेत जोडिएका छन्। आर्ट हाउस र नन-कमर्सियसल फिल्म बनाउँदै आएका प्रख्यात फिल्म निर्माता श्याम बेनेगल, अनुराग कश्यप, अभिनेत्री कोंकर्णा सेन शर्मा, फिल्म निर्माता अपर्णा सेन, सोमित्र चटर्जी, निर्देशक अञ्जन दत्ता, फिल्म निर्माता सुमन घोष, गौतम घोष, केतन मेहता र साउत फिल्म निर्माता एवं अभिनेता परमवार्त चट्टोपाध्याय र प्रख्यात निर्देशक अदुर गोपालाकृष्णन लगायतले उक्त पत्रमा हस्ताक्षर गरेका छन्।
अनुराग कश्यप अक्सर रुपमा सरकारको गलत नीतिको आलोचना गर्दै आएका छन्। कश्यपले सामाजिक सञ्जालमा मोदी सरकारको सवैभन्दा ठूलो कमजोरी भनेको झुटो बोल्नु भएको भन्दै आलोचना गरेका छन्। सहजरुपमा बिना जवाफदेही सरकारले झुटो बोल्ने र सञ्चार माध्यमसमेत त्यसैमा अल्झिने गरेको टिप्पणी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।