• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

राजनीतिमा रजनीकान्त : तमिलनाडुमा राज गर्लान्?

64x64
नेपाल लाइभ बुधबार, माघ ३, २०७४  ०२:१४
1140x725

राजनीतिमा प्रवेशको विषयमा तमिल सुपरस्टार रजनीकान्तलाई एक समय द्विविधाको अवस्था थियो। उनले के गर्ने, के नगर्ने सोच्नै सकेका थिएनन्।

कुरा २०१७ डिसेम्बर ३१ को हो। सबै रहस्यको पर्दा उठाउँदै चेन्नईमा रहेको आफ्नो एक भव्य हलमा जम्मा भएको भीडलाई सम्बोधन गर्दै रजनीकान्तले राजनीतिमा आउने औपचारिक घोषणा गरिदिए। 

सम्बोधनका क्रममा उनले राजनीतिक परिवर्तन समयको आवश्यकता भएको बताए। 

'वर्तमान व्यवस्थाले परिवर्तनको माग गरेको छ,' उनले भने, 'हामीलाई एउटा यस्तो राजनीतिको खाँचो छ, जुन इमानदार अनि स्वच्छ होस्। जुन जाति र धर्मको प्रभावबाट मुक्त होस्। आध्यात्मिक राजनीतिको आवश्यकता मेरो लक्ष्य र इच्छा हो।’

राजनीतिक पतनका कारण लोकतन्त्र निकै जर्जर अवस्थामा पुगेको भन्दै उनले तमिलनाडुको पछिल्लो वर्षको राजनीतिक घटनाले मानिस लाजले टाउको निहुराउन बाध्य भएको उल्लेख गरे।

रजनीकान्तले भने, 'अरु राज्यका मानिस हामीलाई हेरेर हाँसिरहेका छन्, यदि मैले यस स्थितिलाई बदल्न लोकतान्त्रिक प्रणालीबाट केही गरिनँ भने एउटा अपराध बोधले मलाई मर्ने बेलासम्म पछ्याइरहनेछ।’

समयले नै आफूलाई राजनीतिमा आउन बाध्य पारेको उनले बताए।

तमिलनाडुको राजनीतिमा भएको पतनबारे बोल्दै गर्दा रजनीकान्तको संकेत डिसेम्बर २०१६ मा पूर्वमुख्यमन्त्री जयललिताको मृत्युपछि राज्यमा भएका केही घटनामा केन्द्रित थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि रजनीकान्तले भगवान् गीताका त्यो श्लोक पढे, जसमा भगवान् श्रीकृष्णले अर्जुनलाई कर्म गर्ने र फलको चिन्ता नगर्ने सल्लाह दिएका थिए।

रजनीकान्त : फिल्मदेखि राजनीतिक छलाङ

तमिलनाडुका नागरिक समाजका सबै तहसँग सम्बन्ध राख्ने मासिसहरु रजनीकान्तलाई किन मन पराउँछन्?

६७ वर्षीय रजनीकान्तको वास्तविक नाम शिवाजी राव गायकवाड हो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

१५ डिसेम्बर १९५० मा कृण्णगिरी जिल्लाको नाचिकुप्पम गाँउमा जन्मिएका रजनीकान्तका पिता बेंगलुरु प्रहरीका अधिकृत थिए। कृष्णगिरी जिल्ला कर्नाटकको राजधानी बेंगलुरुसँग जोडिएको थियो।

सानो उमेरबाट अभिनयमा रुचि राख्ने रजनीकान्त पहिले १९७३ मा बेंगलुरु ट्रान्सपोर्ट सर्भिसमा बसमा कन्डक्टरको काम गर्थे। उनले मद्रास फिल्म इन्स्टिच्युटबाट अभिनयमा डिप्लोमा पढाइका लागि आवेदन दिनु अगाडि धेरै नाटकमा काम गरिसकेका थिए। 

उनलाई फिल्ममा पहिलो पटक डेब्युको मौका दिवंगत फिल्म निर्देशक के बालचंद्रनले दिएका थिए, १९७५ मा।

अरंगेत्रमको रिलिजसँगै एक स्टारको जन्म भयो। २ सयभन्दा बढी फिल्ममा काम गरेका त्यही स्टार आज ४२ वर्ष पूरा भएका छन्। १ सय ६० तामिल र २८ हिन्दी फिल्मसँगै केही बंगाली, मलयालम अनि अंग्रेजी सिनेमामा देखिएको त्यही नाम हो रजनीकान्त।

उनी राजनीतिमा उत्रने चर्चा पहिलो पटक १९९५ मा भयो, जब जयललिताको नेतृत्वमा रहेको ‘एआइएडीएमके’ सत्तामा थियो। समस्या त्यसबेला पैदा भयो, जब एक बैठकमा रजनीकान्तले भनिदिए, 'यदि जयललिताले अर्को चुनाव जितिन् भने भगवान्‌ले पनि तामिलनाडुलाई बचाउन सक्दैनन्।'

जयललिताले पार्टीका एक वरिष्ठ नेता र फिल्म प्रोड्युसर आरएम वीरप्पनलाई मन्त्रिमण्डलबाट हटाइदिएकी थिइन्। सरकारलाई भ्रष्टाचारमा लिप्त बनाएको आरोप उनीमाथि थियो। यसबीचमा मानिसले रजनीकान्तको भनाइलाई समर्थन गरेका थिए।

त्यसपछि विधानसभा चुनाव र १९९६ को लोकसभा चुनावको समय तमिलनाडु कंग्रेसमा विभाजन भयो। कंग्रेसले जयललितसँग गठबन्धन गर्ने निर्णय गरेलगत्तै पार्टीका वरिष्ठ नेता जीके मुपनारले पार्टीबाट अलग हुने निर्णय गरे। 

मुपनारले आफ्नो फरक पार्टी- तमिल मनिला कंग्रेस टिएमसी गठन गरे र द्रमुक (डिएमके)सँग गठबन्धन बनाए। चुनावमा यो गठबन्धनले भारी बहुमत प्राप्त गर्‍यो, जयललिताले लज्जास्पद हार भोग्न बाध्य भइन्। २ सय ३४ सदस्यीय विधानसभामा जयललिताको ‘एआइएडीएमके’ ले मात्र ४ सिट पायो।

द्रमुक-टिएमसी गठबन्धनका लागि भोटको अपिल गरेका रजनीकान्त चुनावको दौरान अमेरिकामा थिए र चुनावको नतिजा घोषित भएपछि उनी फिर्ता आए। तर, २००४ को लोकसभा चुनावमा जयललिताले भाजपाका साथ गठबन्धन गरेकी थिइन्। यस पटक पनि जयललिताले पराजयको सामना गरिन्। द्रमुक–कंग्रेस–वाम गठबन्धनले प्रदेशको सबैभन्दा ठूलो जिल्लामा समेत सबै ४० सिटमा जित दर्ता गर्‍यो।

त्यो चुनावको समय रजनीकान्तले आफ्ना प्रशंसकसँग अटल बिहारी वाजपेयीलाई भोट गर्न आह्वान गरेका थिए र जयललिताको अन्नाद्रमुक–भाजपा गठबन्धनलाई भोट दिन सार्वजनिक अपिल गरेका थिए। 

त्यो पराजयपछि रजनीकान्त आफ्ना अभिव्यक्तिमा निकै सतर्क रहे। त्यसपछिका विधानसभा चुनाव २००६,२०११ र २०१६ मा रजनीकान्तले आफ्ना प्रशंसकसँग अब कुनै राजनीतिक दलको समर्थन नगर्ने बताएका थिए।

तर, ५ डिसेम्बर २०१६ को चेन्नईको अस्पतालमा जयललिताको मृत्युपछि रजनीकान्त राजनीतिमा आउने सम्भावना फेरि पेचिलो बनेर आएको छ। 

डर र पूर्वाग्रह

जब सुपरस्टार रजनीकान्त राजनीतिमा प्रवेश गर्न आफ्नो योजनालाई प्राथमिकता दिइरहेका छन् तब राज्यका अल्पसंख्यक समुदायसँग सम्बन्ध राख्ने मानिस उनको भनाइमा थोरै शंका र भ्रमको दृष्टि लगाइरहेका छन्।

तमिलनाडुकी एक प्रभावशाली मुस्लिम सियासी पार्टी मनिथा नेया मक्कल कत्चीकी अध्यक्ष एमएच जवाहिरुल्लाहको भनाइ छ, ‘रजनीकान्तको भनाइ, खासगरी ‘आध्यात्मिक राजनीति’को कुनै अर्थ छैन। त्यसले भाजपाको राजनीतिलाई नै देखाउँछ। प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनको सम्बन्धको नजरअन्दाज गर्न सकिँदैन। २०१४ मा जब मोदी चुनाव प्रचारका लागि चेन्नई आएका थिए, तब उनी रजनीकान्तको घर गए। सुपरस्टार ‘आध्यात्मिक राजनीति’को कुरा गरिरहेका छन् भने त्यसबाट पैदा हुने डरको अनुमान लगाउन सकिन्छ।’

तर, राज्य भाजपाले यस डरको सीधै खारेज गरिदिएको छ। भाजपाको राज्य सचिव एसआर शेखरले बताएका छन्, ‘यहाँ कुनै प्रकारको डर छैन, मुस्लिम समूहको पूर्वाग्रह छ। आध्यात्मिक र धर्मनिरपेक्षता सनातन कालदेखि नै हिन्दु धर्मको अंश र केन्द्रीय विशेषता रहेको छ। यो रजनीकान्तको समस्या होइन, न मुस्लिमको।’

राजनीतिक पर्यवेक्षकहरु रजनीकान्तको राजनीतिमा सहभागी हुने निर्णयको कडी भाजपासँग जोडिएको बताउँछन्। ‘अहिलेसम्म रजनीकान्तको भनाइ स्पष्ट छैन। जबसम्म उनी आफ्नो राजनीतिक दल गठन गर्दैनन् र घोषणापत्र जारी गर्दैनन्, म प्रतिक्रिया दिन सक्दिनँ,' वरिष्ठ पत्रकार ज्ञानी शंकरनले भने, 'अहिलेसम्म रजनीकान्तको फैसला एउटा निर्माणको चरणमा रहेको फिल्मभन्दा बढी केही पनि होइन। जब फिल्म रिलिज हुन्छ, त्यसपछि मात्र यस विषयमा धारणा राख्न सक्नेछु।’

रजनीकान्तले आध्यात्मिकता र राजनीतिलाई मिसाएर गोलमाल गरिरहेको उनको आरोप छ। 

एक पटक एउटा टिभी रिपोर्टरले रजनीकान्तलाई सोधे, उनको पार्टीले कुन नीति अपनाउनेछ? यसप्रति हाँस्दै उनले यो प्रश्नले आफूलाई तरंगित पारेको बताए। 

रजनीकान्तले एक महत्वपूर्ण घोषणासमेत गरेका छन्। उनको पार्टीले मार्चमा सम्भावित स्थानीय निकायको चुनावमा भाग लिनेछैन। किनकि यसको तयारीका लागि निकै कम समय बचेको छ।

‘विधानसभा चुनावको केही समयपहिले एक राजनीतिक दल सुरु गर्नेछु र आफ्नो नीति स्पष्ट गर्नेछु,' उनले भने, 'मेरो राजनीतिक पार्टी कुनै प्रकारको धर्ना र आन्दोलनमा सहभागी हुनेछैन। यो गर्नका लागि धेरै पार्टीहरु पहिलेदेखि नै उपलब्ध छन्।’

सलेम जिल्लाका कंग्रेसका एक कार्यकर्ता एस कन्नक सोध्छन्, ‘कोही राजनीतिक पार्टी धर्ना आन्दोलनबिना कसरी बाँच्न सक्छ? स्थानीय निर्वाचनको चुनावबाट कसरी टाढा रहन सक्छ? यो कुरा मेले बुझ्न सकेको छैन। आखिर रजनीकान्त कुन उद्देश्यका साथ राजनीतिक पार्टी सुरु गर्न गइरहेका छन्?’

सही सूत्र के?

रजनीकान्तको बाटोमा धेरै समस्या छन्। पहिलो हो, आर्थिक। तामिलनाडु पैसाबाट भोट किन्ने भनेर बदनाम छ। अहिले अन्नाद्रमुकमा रहेका कंग्रेसका एक भूतपूर्व सांसदले एक पत्रकारसँग भनेका छन्, ‘तमिलनाडुमा एक विधानसभा सिटका लागि चुनाव लड्न १० करोड आवश्यक पर्छ।’ 

यस कुरामा द्रमुक पार्टीका एक वरिष्ठ सांसदले पनि समर्थन गरेका छन्।

‘थिरुमंगलम सूत्र’ले शब्द आज धेरै शब्दकोशमा स्थान बनाइसकेको छ। यसको अर्थ मतदातालाई बढी मात्रामा घुस दिने मानिन्छ। यो पद द्रमुकका प्रमुख एम करुणानिधिको छोरा एमके अझागिरी २००९ को मदुरई जिल्लाको थिरुमंगलम उपनिर्वाचनमा विजयी भएपछि लोकप्रिय भएको थियो। निर्वाचनमा व्यापक रुपमा भोट किन्ने खेल चलेको थियो। 

मतदातालाई घुस दिने चलन २००३ बाट सुरु भएको मानिन्छ, जब राज्यमा जयललिताको शासन थियो। त्यसपछि विधानसभा, लोकसभा लगायत सबैजसो चुनावमा यो प्रचलन एक प्रकारले सर्वमान्य भइसकेको छ।

खासमा, तमिलनाडुमा डिएमकेको शासन रहेको २००६ देखि २०११ को बीचमा उसले सबै ११ वटै उपचुनावमा 'पैसाको साटो भोट' को रणनीतिलाई प्रयोग गर्दै जित हात गरेको इतिहास छ। जनवरी २००९ मा मदुरईको निकट थिरुमंगलम उपनिर्वाचन अगाडि डिएमकेलाई जिताउन प्रतिमतदाता २ हजार रुपैयाँ दिइएको थियो। 

तमिलनाडुको रोचक पक्ष 

तमिलनाडु भारतको एक फरक राज्य हो। पछिल्लो करिब ५० वर्षदेखि तमिलनाडुका शासक तमिल सिनेमा उद्योगसँग जोडिएका मानिसको हातमा रहेको छ। जब डिएमके १९६७ मा सत्तामा आयो, सिएन अन्नादुराई (अन्ना) १९६९ मा मृत्यु हुँदासम्म मुख्यमन्त्री पदमा थिए। 

त्यसपछि उनको स्थान एम करुणानिधिले लिए। त्यसबेलादेखि जयललिताको जीवनकाल ५ डिसेम्बर २०१६ सम्म करुणानिधि, एमजी रामचन्द्रन र जयललिताले मात्र राज्यमा शासन गरे।

यो आफैंमा एक अपवाद हो। भारतका कुनै पनि राज्य यस्तो छैन, जहाँ ४८ वर्षमा केवल तीन मानिस र त्यो पनि फिल्मको पृष्ठभूमिका नेताहरुले नै शासन गरेको देखिन्छ। अन्ना र करुणानिधि पटकथा र गीत लेख्ने गर्थे। एमजीआर र जयललिताले सयभन्दा बढी फिल्ममा अभिनय गरेका थिए।

तर, माथि जुन नेताहरुको विषयमा चर्चा गरिएको छ, उनीहरु र रजनीकान्तमा धेरै भिन्नता छ।

उनीहरु सबैसँग मुख्यमन्त्री बन्नुअघि राजनीतिक जीवनका धेरै अनुभव थिए। एमजीआर १९७७ मा मुख्यमन्त्री बन्नुअघि १९५७ देखि नै सक्रिय राजनीतिमा थिए। उनी १९७२ मा करुणानीतिले नेतृत्व गरेको डिएमकेबाट अलग भए।

जयललिता १९८२ मा सक्रिय राजनीतिमा आएकी थिइन् र १९८४ मा राज्यसभाको सदस्य बनिन्। उनी १९९१ मा मुख्यमन्त्री बनेकी थिइन्। 

तर, रजनीकान्तसँग कुनै त्यस्तो राजनीतिक अनुभव छैन। यस्तो अवस्थामा एउटा चोटिलो प्रश्न उठेको छ- रजनीकान्तको आध्यात्मिक राजनीतिको दाल साँच्चिकै पाक्ला त?

- 'द वायर'बाट
अनुवाद : हिम विक्रम

प्रकाशित मिति: बुधबार, माघ ३, २०७४  ०२:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जाजरकोटमा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन घाइते
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
जाजरकोटमा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन घाइते बिहीबार, असोज २९, २०८३
मुगु जिल्लाको एक मात्र आवासीय विद्यालयमा छात्रावासको अभावमा पठनपाठनमा समस्या बिहीबार, असोज २९, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर बिहीबार, असोज २९, २०८३
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मध्यमको वर्षाको सम्भावना बिहीबार, असोज २९, २०८३
बैंकमा पैसा थुप्रियो, लगानी र रोजगारी बढ्न सकेन : अञ्जन श्रेष्ठ बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्