सेन्चुरियल– दक्षिण अफ्रिका विरुद्धको दोस्रो टेस्टमा भारतले २ सय ८७ रनको लक्ष्य पाएको छ। दक्षिण अफ्रिका दोस्रो इनिङमा २ सय ५८ रनमा अलआउट भएपछि भारतले लक्ष्य पाएको हो।
दोस्रो इनिङमा दक्षिण अफ्रिकालाई सामान्य योगफलमा रोक्ने क्रममा भारतका मोहमद सामीले ४ विकेट लिए। जसप्रित बुमराहले ३ विकेट हात पार्दा इशान्त शर्माले २ विकेट लिए। रविचन्द्रन आस्विनले १ विकेट आफ्नो नाममा देखाए।
दक्षिण अफ्रिकाका लागि एबि डिभिलियर्सले ८० रन जोडे। डिन इलगरले ६१ र कप्तान फाप डु फ्लेसिसले ४८ रन जोडे।
यसअघि पहिलो इनिङमा दक्षिण अफ्रिका ३ सय ३५ रनमा अलआउट भएको थियो भने भारतले ३ सय ७ रन जोडेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।