बार्सिलोना– स्पेनिस महारथी क्लब बार्सिलोनाका युवा फरवार्ड ओम्मान डेम्बेले एक महिना मैदान बाहिर रहने भएका छन्। डेम्बेले ह्यामस्ट्रिङ्गका कारण मैदान बाहिरै रहने भएका हुन्।
उनी शनिबार राति भएको रियल सोसिडाडविरुद्धको खेलका दौरान घाइते भएका थिए। खेलमा बार्सिलोनाले ४–२ ले विजयी भएको थियो। उनी त्यही खेलमा चार महिनापछि मैदान फर्किएका थिए। उनी गत सेप्टेम्बर पनि ह्यामस्ट्रिङ्गकै कारण घाइते भएका थिए। त्यसयता उनी पहिलो पटक मैदान उत्रिएदा फेरि दुर्भाग्य सावित भयो। उनको पहिलेकै समस्या बल्झिएको बार्सिलोनाले जनाएको छ।
२० बर्षीय फेञ्च फरवार्ड डेम्बेलेलाई बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट १२ अर्ब ८४ करोड रुपैयाँमा पाँच वर्षको सम्झौता गरेको थियो। यो रकम नेइमार (२६ अर्ब ५३ करोड रुपैयाँ) पछिको दोस्रो ठूलो सम्झौता हो।
डेम्बेलेले यो सिजन बार्सिलोनबाट ४ खेल खेल्ने अवसर पाएका छन्। उनले बार्सिलोनाका लागि गोल गर्न अझै बाँकी छ।
फ्रान्सको भेर्नानमा जन्मिएका डेम्बेले युरोपका प्रभावशाली युवा फरवार्ड हुन्। गत सिजन ५० खेल खेल्दा उनले १० गोल गरेका थिए। उनले गोलका लागि २० पल्ट अवसर जुराएका थिए। च्याम्पियन्स लिगको १० खेलमा २ गोल गरेका डेम्बेलेले बुन्डेस लिगाको ३२ खेलमा ६ गोल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।