सुर्खेत– मध्यपश्चिमाञ्चल क्षेत्रीय उसु प्रतियोगितामा ७ स्वर्णसहित सुर्खेत जिल्ला प्रथम भएको छ। मंगलबार वीरेन्द्रनगरमा सम्पन्न प्रतियोगितामा सुर्खेतले विभिन्न तौल समूहमा ७ स्वर्ण, ५ कास्य र १ रजत पदक हात पारेको छ।
सुर्खेतका दिपक हमालले नान छ्वान अलराउन्डतर्फ, मालिका सार्की र लता पौडेलले सान्सौतर्फ, रमेश वलीले ५२ देखि ५६ केजी तौल समूहतर्फ, राजेन्द्र शाहीले ५६ देखि ६० केजी तौल समूहतर्फ, भरत रानाले ७० देखि ७५ केजी तौल समूहतर्फ र करण मछिमल मगरले ८० देखि ८५ केजी तौल समूहतर्फ स्वर्ण पदक हात पारेका हुन्।
त्यसैगरी, विभिन्न तौल र टिम समूहतर्फको प्रतियोगितामा ५ स्वर्ण पदकसहित बाँके दोश्रो र ४ स्वर्ण पाएको बर्दिया तेश्रो स्थान हात पारेको छ। दोस्रो स्थान हाँसिल गरेको बाँकेले एउटा कास्य प्राप्त गर्यो। बर्दियाले ४ कास्य र ३ रजत पदक प्राप्त गर्यो।
आउलुतर्फ प्रथम र दोश्रो हुने तथा सान्सौतर्फ प्रथम हुने खेलाडीले आगामी माघ ५ देखि ८ गतेसम्म इटहरीमा हुने १३औं राष्ट्रिय उसु प्रतियोगितामा सहभागी हुने मौका पाउने प्रशिक्षक रमेशकुमार तुलाधरले जानकारी दिए।
क्षेत्रीय प्रतियोगितामा सुर्खेत, डोल्पा, रुकुम, जुम्ला, बाँके, बर्दिया र रोल्पा जिल्लाका खेलाडीले प्रतिस्पर्धा गरेका थिए। जसमा २६ जना पुरुष र ११ जना महिला खेलाडी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।