सेन्चुरियन– भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई जरिवाना गरिएको छ। विराटलाई मैदानभित्र अभद्र व्यवहार गरेकोमा जरिवाना गरिएको हो।
दक्षिण अफ्रिका विरुद्धको दोस्रो टेस्टका दौरान कोहलीले अम्पायर मिचेल गजसँग वादविवाद गरेकाले जरिवाना गरिएको हो। आइसिसीले कोहलीले आक्रमक व्यवहार देखाएको ठरह गर्दै जरिवाना गरेको जनाएको छ। उनलाई जरिवाना स्वरुपमा २५ प्रतिशत म्याच शूल्य र एक अंक घटाइने भएको छ।
दक्षिण अफ्रिकाले ब्याटिङ गरिरहदा २५ औं ओभरमा कोहलीले बल ओसिलो भएको भन्दै अम्पायरसँग विवाद गरेका थिए। लगत्तै खेल वर्षाले प्रभावित बनेको थियो। खेलमा भारतले कम प्रकाशमा खेल खेल्नु परेको भन्दै पटकपटक असन्तुष्टि जनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।