काठमाडौं– कराते खेलकर्मी गजेन्द्रबहादुर खपांगी 'ईश्वर' सम्मानित भएका छन्। मगर समुदायको चाड तथा नयॉ वर्षको रुपमा मनाइने माघे संक्रान्ति अवसरमा नेपाल मगर संघले खपांगीलाई सम्मान गरेको हो।
विगत साढे दुई दशकदेखि खेलकुद क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरेकाले उनलाई सम्मान गरिएको हो। खपांगी नेपाल सितोरियो कराते संघका केन्द्रिय सचिव तथा प्रवक्ता, नेपाल स्वयम्सेवक प्रशिक्षक खेलकुद महासंघका अध्यक्ष र अखिल नेपाल खेलकुद महासंघका उपाध्यक्ष हुन्।
उनी नेपाल सितोरियो कराते संघ शाखा डोजो नक्सालका अध्यक्ष तथा प्रमुख प्रशिक्षक हुन्। दुई दर्जन भन्दा बढी कराते प्रतियोगिताको संयोजकको भूमिका निर्वाह गरिसकेका खपांगी पूर्वअन्तर्राष्ट्रिय खेलाडी तथा राष्ट्रिय निर्णायक हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।