काठमाडौं- नेपाली काँग्रेस र राजपा नेपालले दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावमा छलफल चलिरहेको थियो।
देशभर आएको प्राकृतिक विपत्तिको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै संयुक्त रुपमा दर्ता भएको सार्वजनिक महत्वको प्रस्ताव पेस गर्न संसद बैठक शुरु भएलगत्तै सभामुख महराले नेपाली काँग्रेसका सांसद मिनेन्द्र रिजालले बोले।
रिजालपछि उक्त प्रस्तावमा सर्मथन गर्न नेपाल राष्ट्रिय जनता पार्टीका अध्यक्ष राजकिशोर यादवले समय पाए। सभामुखले समय दिएपछि यादव बोल्ने पुगे। उनले तराईमा भईरहेको बाढीको क्षतिबारे जानकारी गराए।
आफूपनि पीडित क्षेत्रको सांसद भएको भन्दै त्यसको नियन्त्रणका लागि स्थायी संयन्त्र निर्माण गर्न माग गरे। उनले संसदमा बोलिरहँदा सभामुखले दिएको समय सिमा सकियो।
सभामुखले सुरुमा माइक काटे। माइक काटिएपनि उनले बोल्न छोडेनन्। सभामुख महराले समय समाप्त भएको सम्झाइरहे। सांसद् यादव बोलिरहे।
सभामुखले दिएको पहिलो समयसीमा उनले कटाए। पुनः सभामुखले सम्झाए। तर उनी बोलिनै रहे। अन्त्यमा उनले आफ्नो कुरा सकेर मात्र संसदमा बोल्न रोकिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।