काठमाडौं – टी–२० विश्वकपको एसिया क्षेत्रीय छनोटमा नेपालले मलेसियालाई ७ विकेटले हराएको छ । नेपालको जितमा ज्ञानेन्द्र मल्लले कीर्तिमानी अर्धशतक बनाए ।
वर्षाका कारण ९ ओभरमा झारिएको खेलमा नेपालले ८४ रनको लक्ष्य पाएको थियो । ८ ओभरमा ३ विकेट जाँदा नेपालले लक्ष्य भेट्टाएको हो ।
.JPG)
चोटका कारण कप्तान पारस खड्का आरामका रहेकाले नेपाली टिमको कप्तानी मल्लले गरेका थिए । म्यान अफ दि म्याच चुनिएका मल्लकै खेलले नेपालले पहिलो जित निकालेको हो । अर्धशतक बनाउँदा उनले २१ बलमा ५१ रन हाने ।
यसअघि कतारसँग हारेको नेपालले अब शनिबार कुवेतसँग र आइतबार सिंगापुरसँग खेल्नेछ ।
हेर्नुस् थप तस्बिर
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
तस्बिर – रमन शिवाकोटी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।