काठमाडौं– गायक रुद्रसेन विश्वकर्मा र ज्योति मगरको आवाजमा मैथिली गित 'कानोमे आँहाके झुम्का' सार्बजनिक भएको छ। थुप्रै नेपाली, भोजपुरी तथा मैथिली गीतहरुमा स्वर दिइसकेका गायक विश्वकर्माको 'दिवानी' एल्बमको उक्त गीतको म्युजिक भिडियो समेत बनाइएको छ।
गायक विश्वकर्माकै शब्द तथा संगीत रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका छन् । दिपक गिरीले छायांकन गरेको भिडियोलाई प्रदिप कुमार रसाइलीले कोरियोग्राफी तथा निर्देशन गरेका हुन्। म्युजिक भिडियोमा गायक तथा मोडल रुद्रसेन विश्वकर्मा आफैं र मोडेल ऋचा थापाले अभिनय गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।