काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पार्टी स्कुल विभाग कसले पाउने भन्नेमा बहस भइरहेको बेलामा स्थायी समिति सदस्य योगेश भट्टराईले रोटेसनमा जिम्मेवारी दिनुपर्ने प्रस्ताव गरेका छन्।
'नेकपामा कार्यविभाजन र जिम्मेवारी बाँडफाडका बारेमा बहस भाइरहेको सन्दर्भमा' नेतृत्वको ध्यानाकर्षण भन्दै सामाजिक सञ्जाल फेसबुकमा ५ बुँदा सार्वजनिक गरेका छन्।
पार्टीमा भूगोल, विभाग र फाँट गरी कामका तीन क्षेत्र भएको भन्दै भट्टराईले 'रोटेसन'का आधारमा एउटा व्यक्तिलाई तीन वटै क्षेत्रमा काम गर्ने अबसर दिनुपर्ने बताएका छन्।
'प्रत्येक व्यक्तिको कार्य मूल्यांकनलाई वैज्ञानिक प्रणालीका आधारमा पारदर्शी बनाऊ। हरेक वर्ष व्यक्तिको मूल्यांकन प्रतिवेदन सार्वजनिक गरौं। त्यसका आधारमा पुरस्कृत र दण्डित गर्ने परिपाटी बसालौं', उनको ध्यानकर्षणमा भनिएको छ। (फाइल तस्बिर)

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।