• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

रअको नक्कली जागिर : सूचना संकलन गरे, तर तलब आएन

64x64
नेपाल लाइभ मंगलबार, माघ २, २०७४  ००:५९
1140x725

काठमाडौं– एक युवक हरेक दिन बिहानै कालिमाटी पुग्थे। उक्त क्षेत्रमा दिनभर केके भयो सबै घटनाको विवरण उतारेर फाइल बनाउँथे।

कालिमाटी क्षेत्रमा कति बजेसम्म घाम लाग्यो र कति समय जाम भयो भन्नेसम्मको विवरण उतारेर उनले दैनिक फाइल बनाउनुपर्थ्यो। त्यो पनि गरे। किनकि उनलाई खटाइएको थियो, भारतीय गुप्तचर एजेन्सी ‘रअ’को एजेन्टका रुपमा। जिम्मेवारी थियो, कालिमाटी क्षेत्रको सूचना संकलन।

उनले सो क्षेत्रमा तयार पारेको फाइल ‘रअ’का हाकिमलाई बुझाइने बताइएको थियो। 

मासिक ५० हजार भारु तलब ९८० हजार नेपाली रुपैयाँ० आउनेगरी ‘एजेन्ट’मा नियुक्त गरिएपछि उनले दिनभर खटेरै काम गरे। तर उनले सुरुमा जागिरबारे कसैलाई भनेनन्। किनकि एजेन्ट जस्तो जागिर भएकाले धेरैसँग गोप्य नै राखेका थिए।

जागिर लगाइदिने सप्तरीका रमानन्द नौनियासँग सुरुमा त उनको फोनमा कुरा हुन्थ्यो। जागिर खाएको एक महिनापछि उनको फोन नै अफ हुन थाल्यो। तलब माग्न खोज्दा नौनिया सम्पर्कविहीन भए। 

अन्य साथीहरुसँग समेत बुझ्दा आफूलाई रअको काठमाडौं प्रमुख बताउने नौनिया बेपत्ता भएका रहेछन्। नौनियालाई चिनाइदिने विनोद कार्कीसँग पनि ती युवाले जानकारी गराए। कार्कीले पनि आफूसँग सम्पर्क नभएको बताएपछि उनी निराश भए। 

नौनियाले भारतीय दूतावासको नाममा नियुक्तिपत्र नै दिएका थिए। पछि थाहा भयो, नियुक्तिपत्र त नक्कली पो रहेछ१ 

आफूहरु ठगको फन्दामा परेको चाल पाएपछि प्रहरी कार्यालयसम्म पुग्न बाध्य भए उनीहरु। रअ एजेन्टका नाममा आफू जस्तै अरु पनि ठगिएको उजुरी प्रहरी कार्यालयमा पुगेको थाहा पाउँदा उनी छाँगाबाट खसेझैं भए।

Ncell 2
Ncell 2
nimb
nimb

सुरुमा महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनीले रअको एजेन्ट हुन खोज्दा ठगिनेहरु नै गलत भएको भन्दै अनुसन्धानमा चासो दिएनन्। पछि, उजुरीहरु बढेपछि महाशाखाले अनुसन्धान अघि बढाएको छ। ठगीका मुख्य योजनाकार नौनियासहित ६ जना पक्राउ परिसकेका छन्।

एनजिओबाट ठगी सुरु 
वैदेशिक रोजगारीका लागि कुवेत पुगेर फर्किएका व्यक्ति हुन्, नौनिया। सप्तरीको राजविराज घर भई बाफल बस्ने उनले आफ्नो नाम रमाकान्त चौहान भन्दै ढाँट्ने गरेका थिए।

वैदेशिक रोजगारीबाट नेपाल फर्किएपछि उनले आफूले उच्च तहका व्यक्तिहरु चिनेको र विदेशबाट अनुदान ल्याउन सकिने भन्दै सिबिजी नामक एनजिओ खोले। बेलायतबाट लाखौं डलर ल्याउने आश्वासन देखाई उनले विभिन्न व्यक्तिलाई संस्थामा राखेर लगानी गर्न लगाई ठग्ने प्रयास गरेका थिए।

त्यही बीचमा उनले रअमा भर्ना गरिदिने भन्दै ठगीको अर्को योजना बनाएका हुन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

रअको नाम नै थाहा थिएन 
भारतको खुफिया एजेन्सी रअ ९रिचर्स एन्ड एनालाइसिस विङ्० को वास्तविक नाम समेत नौनियालाई थाहा थिएन। लेटरप्याड बनाउँदा आरओडब्लु लेखेका थिए। पछि समूहका व्यक्तिहरुले भनेपछि उनले आरएडब्लु लेखका थिए। 

त्यही संस्थामा आबद्ध सन्तोष कार्की, विनोद कार्की, पदमबहादुर श्रेष्ठ, चित्रबहादुर श्रेष्ठ र गीता श्रेष्ठमार्फत उनले रअमा जागिर खाने व्यक्तिहरु खोज्न लगाएका थिए। 

नेपाल सरकारसँगै मिलेर काम हुने तर भर्नाको विषय गोप्य राख्नुपर्ने भन्दै करिब ३ सय व्यक्तिलाई उनले नियुक्तिपत्र समेत दिलाए। जसमध्ये कतिपयलाई एरिया तोकेरै विभिन्न क्षेत्रमा सूचना संकलनका लागि खटाए। 

भर्ना गरिदिएपछि उनले ४ महिनाको तलब सुरुमै आफूलाई चाहिने भन्दै पैसा मागेका थिए। मासिक ८० हजार नेपाली रुपैयाँ बराबरको तलब हुने भएकाले युवाहरुले पनि सजिलै ५ लाख रुपैयाँसम्म पैसा बुझाए। 

हालसम्म थोरै मात्र उजुरी आए पनि ३ सयभन्दा धेरै व्यक्तिलाई नौनियाले ठगी गरेको एसएसपी लोहनी बताउँछन्। 

पक्राउ परेका नौनियासहित ६ जनालाई नै प्रहरीले आइतबार ठगी मुद्दामा कारबाही अघि बढाएको छ। 

प्रकाशित मिति: मंगलबार, माघ २, २०७४  ००:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्