काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले संघ, प्रदेश र स्थानीय तहको अन्तर्सम्बन्ध व्यवस्थित बनाउन राष्ट्रिय समन्वय परिषद गठन गर्न लागिएको स्पष्ट पारेका छन्।
मन्त्री ढकालले प्रदेश र स्थानीय तहसँगको समन्वयलाई बलियो बनाउन सो परिषदको अध्यक्ष प्रधानमन्त्री आफैं रहने कानुनी व्यवस्था गर्न लागिएको पनि बताएका हुन्।
मंगलबार संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठकमा ‘संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्धलाई व्यवस्थित बनाउन बनेको विधेयक’ माथिको छलफलमा समितिका सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री ढकालले संविधानले पनि सो परिषदको अध्यक्ष प्रधानमन्त्री हुन पाउने व्यवस्था गरेको पनि स्मरण गराए।
'प्रदेश र स्थानीय तहबाट हुने गल्ती करेक्सन गर्न पनि सो परिषदमा प्रधानमन्त्री अध्यक्ष रहन आवश्यक छ,' मन्त्री ढकालको तर्क छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।