काठमाडौं– तामाङ वेशभूषामा फिल्म ‘नेप्टे’को पहिलो गीत ‘सुपारी काँचो’ गीत सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित पत्रकार भेटमा अभिनेता रोहित रुम्बा, बुद्धि तामाङ, अभिनेत्री छुल्ठिम डोल्मा गुरुङले नृत्य गरेको गीत सार्वजनिक गरिएको हो ।
गीतमा उनीहरुका अलवा पुर्णिमा लामा, अर्जुन गुरुङ लगायतले यस गीतमा नृत्य गरेका छन्। भानुभक्त ढकालको शब्द तथा ओम सुनारको संगीत समावेश यस गीतमा ओम र सावित्री जोशीको अवाज रहेको छ । कविराज गहतराजको करियोग्राफी रहेको यस गीतलाई हरि घले लामाले खिचेका हुन्।
रोहित रुम्बाकै प्रस्तुतिमा तयार भएको फिल्ममा दयाहाङ राईको मुख्य अभिनय रहेको छ । देवकुमार श्रेष्ठले फिल्म निर्देशन गरेका हुन्।
किरण माइकलको पटकथा र संवाद, रोहितको कथा, बाबु बोगटी, सन्तोष राज, ओम, संगीत, तारा थापाको सम्पादन, रोशन श्रेष्ठको एक्सन रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।