काठमाडौं- प्रतिनिधिसभा बैठकको अवरोध हटाउन सभामुख कृष्णबहादुर महराले दलका प्रमुख सचेतक तथा सचेतकसँग छुट्टाछुट्टै छलफल गरेका छन्। सहज रूपमा बैठक सञ्चालनका लागि उनले मंगलबार छलफल गरेका हुन्।
भेटमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडसहित पुष्पा भुसाल, मिनेन्द्र रिजाल र दिलेन्द्र बडु, नेकपाका सचेतक शान्ता चौधरी, राजपाका अध्यक्ष मण्डलका अध्यक्ष राजकिशोर यादवसँग छुट्टाछुट्टै भेट गरेका हुन्।
संसदलाई सहज रूपमा अघि बढाउन सहमतिका लागि सभामुखले प्रयास जारी राखेको सभामुखको सचिवालयले बताएको छ।
छलफल सकारात्मक भएको र सहमतिमै सदन सुचारू हुने सभामुखको विश्वास छ।
बुधबार बिहान ११ बजे कार्यव्यवस्थाको बैठक बोलाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।