मेलवर्न– विश्व नम्बर एक टेनिस खेलाडी राफायल नाडालले अस्ट्रेलियन ओपनको पहिलो खेलमा जित हात पार्दै सुखद सुरुवात गरेका छन्।
डोमिनिकन गणतन्त्रका भिक्टर एस्ट्रेला बुर्गोसलाई सोझो सेटमा पाखा लगाउँदै नाडालले दोस्रो चरणको यात्रा तय गरेका हुन्। घुँडाको चोटका कारण गत नोभेम्बरदेखि कोर्टमा नदेखिएका नाडालले बुर्गोसलाई ६-१, ६-१ र ६-१ ले पराजित गरेका हुन् ।
नाडाल दोस्रो पटक अष्ट्रेलियन ओपन तथा १७औँ ग्राण्डस्लाम टाइटलको खोजीमा छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।