काठमाडौं– फिल्म ‘लिलिबिली’को प्रेम गीत सार्वजनिक भएको छ । स्कटल्यान्डका विभिन्न भुभागमा दृष्यांकन गरिएको गीतको भिडियोमा मनमोहक दृष्य समेटिएा छन् । आगामी वैशाख १४ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्मको मुख्य भूमिकामा अहिलेका चल्तीका हिरो प्रदीप खड्का र जसिता गुरुङ छन् । सोमवार राजधानीमा एक कार्यक्रमका गरी फिल्ममा समावेश ‘इज इट लभ?’ बोलको गीत सार्वजनिक भएको हो।
माघे सङ्क्रान्तिको अवसर पारेर सार्वजनिक गरिएको गीतको भिडियो सुदिप बरालले खिचेका हुन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा प्रताप दास र मेलिना राईको स्वर रहेको छ । एलिस कार्कीले संगीत भरेको गीतलाई राजेश कुमार श्रेष्ठले लेखेका हुन्। फिल्ममा प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुप विक्रम शाही लगायतका कलाकारहरु पनि अभिनय छ । फिल्मको स्कटल्यान्डसँगै नेपाल, लन्डन र टर्कीको स्तानबुलमा फिल्मको छायांकन गरिएको हो।
काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।